दूधकोशी जलविद्युत

दूधकोशी जलविद्युत आयोजनाका लागि २४२१ कित्ता जग्गा अधिग्रहण प्रकृया सुरु

 

 

झापा /

दूधकोशी जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रकृया सुरु भएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि २४२१ कित्ता जग्गा प्राप्तिको प्रकृया सुरु भएको हो।

आयोजना प्रभावित क्षेत्र चिसंखुगढी गाउँपालिकाका पाँच वडाका २४२१ कित्ता जग्गा, घर, गोठ, टहरा र रुखबिरुवासमेत स्थायी रुपमा प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आज सूचना जारी गरेको हो ।

वडानम्बर १ (साविकको कुइभिर गाविस) का ११४९, वडानम्बर २ (साविकको पोखरे गाविस) का २५३ घरपरिवार, वडानम्बर ३ (साविकको दियाले गाविस)को ६००, वडानम्बर ६ (साविकको भदौरे गाविस) को ३७१ र वडानम्बर ७ (साविकको माम्खा गाविस)का ४८ घरपरिवारको नाममा रहेको जग्गा अधिग्रहण हुने भएको छ ।

सूचनामा उल्लिखित जग्गाको कारोबार आजैदेखि रोक्का भएको छ । र, यी जग्गामा कुनै नयाँ संरचना बनाउन पाइने छैन ।

यदि आफ्नो जग्गा प्राप्त गर्न नपर्ने भए १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा उजुरी गर्न सकिनेछ ।

झण्डै दुई खर्ब लागत अनुमान गरिएको यो आयोजना निर्माणका लागि एसियाली विकास बैङ्क, युरोपेली लगानी बैङ्क, एशियाली पूर्वाधार लगानी बैङ्क र कोरियाली एक्जिम बैङ्कको संयुक्त लगानी रहनेछ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा