रास्वपाले झापाबाट समानुपातिकतर्फ बालेन समुहका एक जना समेट्ने

झापा, १३ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरणमा गएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह नेतृत्वको समूहले समानुपातिकतर्फ ४० देखि ४२ जनाको सूची बुझाउने भएको स्रोतले जनाएको छ । त्यसमा एकजना झापाबाट समेटिनेछ ।
बालेनको नजिक भएर काम गरेका एकजनाको नाम समानुपातिक उम्मेद्वारका लागि पठाउन निर्देशन आएको रास्वपा झापाका कार्यबाहक सभापति प्रकाश पाठकले बताउनु भयो । उहाँले त्यस किसिमको व्यक्तित्वको खोजी भइरहेको जानकारी दिनु भयो ।

शनिबार मध्यरातिसम्म छलफल भएर आइतबार बिहान ४ बजे भएको समझदारीअनुरुप बालेन समूहले कम्तीमा ३८ प्रतिशत हिस्सा पाउने भएको हो । पहिले कुलमान घिसिङ समेतलाई जोडेर एकमुष्ट समझदारी गर्दा ५० प्रतिशत उपस्थिति गराउनेबारे छलफल भएको थियो ।

अहिले त्यो अनुसारको समानुपातिक सूची बनाउन महानगरपालिकाको टिम जुटेको स्रोतले जनाएको छ । यही संख्याभित्र नेपाल जेन–जी फ्रन्टको टोलीलाई समेत समावेश गरिने स्रोतको भनाइ छ । ‘सूची तयार पार्न कुमार बेन, भूपदेव शाहसहितले छलफल गरिरहनु भएको छ्,’ एक नेताले भन्नु भयो, ‘यो सूची तयार भएपछि रवि लामिछाने र बालेन शाह बसेर अन्तिम नामावली टुंग्याउने तयारी छ ।’

एक नेताका अनुसार, पछि टिकट बाँडफाँडमा पनि यही अनुपातमा समझदारी गरिनेछ । फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि भोलिसम्म दलहरुले बन्द सूची निर्वाचन आयोगमा पेस गर्नुपर्ने जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा