दमक, १३ पुस | आसन्न प्रतिनिधिसभा निर्वाचनकालागी झापाबाट नेकपा एमालेले समानुपातिक तर्फ ७ जनाको नाम सिफारिस गरेको छ ।
फागुन २१ गतेकालागी तोकिएको निर्वाचन लक्ष्यित सिफारिस गरिएका सात जनाकै नाम प्रदेश कमिटी हुँदै केन्द्रिय कमिटिमा सिफारिस गरिएको नेकपा एमाले झापा श्रोतले जनाएको छ ।
प्राप्त सूचना अनुसार झापाबाट मेनुका काफ्ले, सोमनाथ पोर्तेल, निता घतानी, विना कुमारी शाह, नर्वदा शिवाकोटी पाठक, विद्यानन्द राजवंशी र अनिता कन्दङवा रहनुभएको छ ।
उहाहरुको नाम बन्द सूचीमा दर्ता गरि सकिएको छ ।









