Search
Close this search box.
"अपराधी पक्राउ"

साढे १ करोड नगदसहित काठमाडौंबाट दुई जना पक्राउ

 

 

काठमाडौंको ताहचलबाट साढे एक करोड नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले नगदसहित दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। उनीहरूलाई प्रहरीले आइतबार ताहचलबाट पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा भारतको सिलिगुरी ३२ वर्षीय अमित अग्रवाल र काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने २६ वर्षीय बिकी खड्गी छन्।

उनीहरूबाट एक करोड ५० लाख बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। यस्तै खड्गी नक्कली सुनका गहना व्यापारी भएको प्रहरीले जनाएको छ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp