जुनसुकै नेटवर्कमा  ५१ पैसा प्रतिमिनेटसम्म कुरा गर्न सकिने

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर

 

 

 

काठमाडौं एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् ।

यो योजनासँगै एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कलदरमा कल गर्न सक्ने कम्पनीले जनाएको छ ।

 

यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू उपलब्ध छन् । यही फागुन ९ गतेदेखि सञ्चालनमा आएको अफरअन्तर्गत ग्राहकले करसहित १४ देखि ३८५ रुपैयाँसम्म शुल्क पर्ने विभिन्न एक दिन, तीन दिन, सात दिन, १४ दिन वा २८ दिनको समयसीमा भएका प्याक लिन सक्नेछन् । यी भ्वाइस प्याकहरूमार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढी शुल्क लाग्ने कुनै दरबिना भ्वाइस सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

एक दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टकटाइम करसहित १४ रुपैयाँमा लिन सक्छन् भने तीन दिन समयसीमा रहेको ६५ टकटाइम ४५ रुपैयाँमा सुचारु गर्न सक्ने जनाइएको छ । त्यसैगरी, ९४ रुपैयाँमा सात दिन समयसीमा रहेको १५० मिनेट टकटाइम खरिद गर्न सकिन्छ ।

 

प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ ह्यास डायल गरी आवश्यकताअनुसारको भ्वाइस प्याक छनोट गरी सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।

धेरै समयसीमासहितको धेरै मिनेटको टकटाइम चाहिनेले १४ दिनको समयसीमा रहेको २२५ मिनेट टकटाइमको भ्वाइस प्याक सुचारु गर्न सक्छन् । यसका साथै २८ दिन समयसीमा रहेको दुईवटा अन्य प्याकहरू पनि रहेको जनाइएको छ । जसअन्तर्गत २६५ रुपैयाँमा ४७५ मिनेट टकटाइम र ३८५ रुपैयाँमा ७५० मिनेट टकटाइम रहेको भ्वाइस प्याक किन्न सकिने जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले

दाँत बाङ्गो टिङ्गो भएमा के गर्ने? उपचारको बिधि गौरादहमै

गौरादह ,२० भदौ ।अनुहारको सुन्दरतामा दाँतको महत्वपूर्ण भूमिका हुन्छ। तर, धेरै मानिसहरू बाङ्गा–टिङ्गा वा अगाडि निस्किएका दाँतका कारण खुलेर हाँस्न र बोल्न हिचकिचाउँ छन्। यस्तै