दमक,२१ पुस । निवृत राष्ट्र सेवक समाज नेपाल, दमकले सत्रौ स्थापना दिवस को अवसरमा पाँच जना राष्ट्र सेवकलाई अग्रज सम्मान कार्यक्रमले सम्मान गरेको छ ।सम्मानित हुने राष्ट्र सेवकहरुमा निजामति तर्फ स्वास्थ्य सेवाका बुद्धिशेखर भट्टराई,बैङ्किङ क्षेत्रका खड्ग बहादुर खड्का,प्रहरी सेवाका रमेश रिजाल र शिक्षा क्षेत्रका पर्शुराम भट्टराई र प्रेम भण्डारी रहनु भएको छ ।
सम्मानित हुनेहरुलाई प्रमुख अतिथि दमक नगरपालिका का नगर प्रमुख रामकुमार थापा ,निवृत राष्ट्र सेवक समाजका केन्द्रिय सह अध्यक्ष जयधर्म आचार्य, केन्द्रिय उपाध्यक्ष गोपाल प्रसाद काफ्ले, केन्द्रिय सदस्य मोहन कुमार कार्की ,जिल्ला अध्यक्ष ढाका लाल अधिकारी लगायतले सम्मान पत्र, दोसल्ला,खादा माला लगाएर सम्मान गर्नु भएको थियो ।कार्यक्रममा निवृत राष्ट्रसेवक समाजका आजिवन सदस्यहरुलाई आजिवन सदस्यको प्रमाण पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा पुर्व प्रहरी समाज दमकका अध्यक्ष जीवन कुमार श्रेष्ठ,दमक नगरपालिका वडा नं ६ का वडा अध्यक्ष टेक बहादुर थापा ,साहित्य कला सङ्गमका अध्यक्ष बिन्दु दहाल मुकदर्शक, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका उपाध्यक्ष शिव प्रसाद काफ्ले लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम निवृत राष्ट्र सेवक समाज दमकका अध्यक्ष अम्बिका प्रसाद सापकोटाको अध्यक्षतामा भएको र कार्यक्रमको सञ्चालन सचिव डम्बरु बल्लव न्यौपाने गर्नु भएको कुरा निवृत राष्ट्रसेवक समाज दमकका नगरसमिति सदस्य ओमप्रसाद खनालले बताउनु भयो ।









