दमक ।२३ पुष । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले झापाको मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका जिल्ला न्यायाधीश उमेश प्रसाद लुईटेललाई नियुक्त गरेको छ ।
यस्तै झापा क्षेत्र नंं. १ को निर्वाचन अधिकृतमा गोपी विश्वकर्मा, क्षेत्र नं. २ मा महेश प्रसाद खत्री, क्षेत्र नं. ३ मा मुख्य निर्वाचन अधिकृत लुईटेलनै, क्षेत्र नं. ४ को निर्वाचन अधिकृतमा भीम प्रसाद भूर्तेल र झापा क्षेत्र नं. ५ मा बिदुर कुमार कार्कीलाई नियुक्त गरिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको हो ।









