स्थानीय तह र प्रदेशमा देखिएका समस्याहरूलाई समाधान गर्ने निर्णय

विराटनगर,२४ पुस । कोशी प्रदेश समन्वय परिषद् बैठकले प्रदेशका स्थानीय तह र प्रदेशमा देखिएका समस्याहरूलाई समाधान गर्ने निर्णय गरेको छ। प्रदेश र स्थानीय तहमा कानुनी र व्यवहारिक रुपमा देखिएका समस्याहरुलाई समाधान गर्नका लागि केन्द्र सरकार आग्रह गर्ने र प्रदेश सरकारले गर्नुपर्ने कामहरू अगाडि बढाउने निर्णय गरेको छ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश समन्वय परिषद्का अध्यक्ष हिक्मत कुमार कार्कीको अध्यक्षतामा हिजो साँझ बसेको बैठकले प्रदेशमा स्थानीय तहमा देखिएका सीमा व्यवस्थापन, वन क्षेत्रमा ढुङ्गा गिटीको राजस्व संकलन र ठेक्कामा देखेका समस्यालाई कानुनी रूपमा समाधान गर्ने निर्णय गरेको छ। केही समयदेखि कतिपय स्थानीय तहले ढुंगा गिट्टीको ठेक्का लगाउन नसकेको र यसले राजस्व गुमेको विषयलाई उठाये पछि यसलाई चाँडै नै सम्बोधन गर्ने गरी अगाडि बढ्ने निर्णय गरेको छ। त्यस्तै आयोजना बैंकलाई प्रदेशका हरेक स्थानीय तहमा पहुँच पुग्ने गरी निर्माण गर्ने र त्यहाँ रहेका अनावश्यक आयोजनाहरुलाई हटाई व्यवस्थित बनाउने निर्णयसमेत भएको छ। प्रदेशले लगानी सम्मेलन मार्फत अगाडि सारेका परियोजनालाई स्थानीय पालिकाहरुले पनि सहयोग र समन्वय गर्दै अगाडि बढ्ने निर्णय भएको छ।
प्रदेश सरकारले लगानी सम्मेलन मार्फत अगाडि बढाएका एकउन्न परियोजनामध्ये २४ वटा कार्यान्वयनको प्रक्रियामा गएका छन्। प्रदेशमा देखिएका कर्मचारी व्यवस्थापन र स्थानीय तहको नयाँ कर्मचारी भर्नालाई पनि व्यवस्थित र द्रुत गतिले गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय का सचिव नारायण प्रसाद रिसालले जानकारी दिनुभएको छ।
त्यस्तै संघीय सरकारले कर्मचारी हटाउने र अन्य कर्मचारीहरु समेत हटाउने परिपत्र हचुवाको भरमा आएको भन्दै कतिपय स्थानीय तहका परिषद् सदस्यले आवाज उठाएका थिए। उनीहरुले करारका कर्मचारी हटाउने निर्णयले सेवा प्रवाहमा कठिनाइ भएको र यो निर्णय तत्काल सच्याउनका लागि केन्द्रमा पठाउनुपर्ने बताएका छन्। बैठकलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले गर्न लागेका र गरिरहेका नयाँ कामलाई स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभयो। प्रदेश सरकारको पहलमा निर्माण भइरहेको पदमार्ग र पर्यटन वर्षलाई सफल बनाउनका लागि उहाँले आग्रह गर्नुभयो। त्यस्तै लगानी सम्मेलन मार्फत अगाडि बढाइएका परियोजनाहरु र स्थानीय उत्पादनलाई प्राथमिकता दिएर अगाडि बढाइएका कार्यक्रमलाई सहयोग गर्न पनि उहाँले आह्वान गर्नुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको