भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती

पुल नहुँदा आवतजावत र व्यापारिक गतिविधि प्रभावित भएका छन् भने बर्खामा झोलुङ्गे पुल प्रयोग गर्नुपर्ने बाध्यता

भोजपुर,२४ पुस । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयवासी वर्षौँदेखि सास्ती खेप्दै आइ रहेका छन्। उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकामा स्थायी पुल नहुँदा आवतजावत र व्यापारिक गतिविधि प्रभावित बनेको छ।

वैकल्पिक रूपमा २०७६ सालदेखि फेरि सञ्चालनमा ल्याइए पनि प्राविधिक समस्या, हावाहुरी तथा वर्षायाममा नदीको बहाव बढेपछि फेरी पटक–पटक बन्द हुने गरेको हो। बर्खायाममा फेरी पूर्ण रूपमा बन्द हुँदा नागरिक झोलुङ्गे पुल प्रयोग गर्न र पिठ्यूँमा सामान बोकेर ओसार्न बाध्य भएका छन्।
पक्की पुल नहुँदा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिक सबैभन्दा बढी प्रभावित भएका हुन्। स्थानीयवासीको अनुसार सतिघाटमा पुल निर्माणको आशा धेरै वर्षदेखि भए पनि अहिलेसम्म कुनै ठोस प्रगति हुन सकेको छैन।
हिउँदको समयमा बिहान ७ बजेदेखि राति १० बजेसम्म फेरी सञ्चालन हुँदै आएको छ। फेरीले तत्कालका लागि केही राहत दिए पनि दीर्घकालीन समाधान नभएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले पटक पटक बताउँदै आँउनु भएको छ। उहाँका अनुसार सतिघाटमा पक्की पुल निर्माणका लागि सम्बन्धित निकायसँग निरन्तर पहल भइरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको