मोरङ,२४ पुस । मोरङको लेटाङ नगरपालिका–९ जाँतेस्थित सडकमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जाँतेबाट पथरीतर्फ जाँदै गरेको मे ६ प २५९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा परी मोटरसाइकल चालक पथरी शनिश्चरे नगरपालिका–१० बस्ने ३२ वर्षीय विजय गुरुङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
सोही दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना पनि घाइते भएका हुन्। घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।









