सुदन गुरुङ नेतृत्वको द काउन्सिल अफ जेनजीले गर्यो प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

काठमाडौं,२४ पुस । सुदन गुरुङ नेतृत्वको द काउन्सिल अफ जेनजी अन्तर्गत अफसना बानुको नेतृत्वमा रहेको बागमती प्रदेश समितिले विभिन्न जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारी दिनेका लागि उम्मेदवार सिफारिस गरेको छ । जिल्ला समितिहरूको सिफारिसका आधारमा बागमती प्रदेशका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सार्वजनिक गरिएको छ ।

सार्वजनिक सूचीअनुसार ललितपुर क्षेत्र नम्बर २ बाट अमृत अधिकारी सिफारिस हुनु भएको छ। उहाँ द काउन्सिल अफ जेनजी वागमती प्रदेशका सह–संयोजकसमेत हुनुन्छ । यस्तै, काभ्रे क्षेत्र नम्बर १ बाट मुस्कान जंगम, काठमाडौं क्षेत्र नम्बर ६ बाट किरण केसी, भक्तपुर क्षेत्र नम्बर २ बाट एचबी खत्री सिफारिस हुनु भएको छ। त्यसैगरी रसुवाबाट देव लामा, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट दावा दोर्जे तामाङ र मकवानपुर क्षेत्र नम्बर १ बाट विशभ अधिकारीलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको हो ।

द काउन्सिल अफ जेन्जीका अनुसार अन्य प्रदेशका समितिहरूबाट पनि उम्मेदवार सिफारिस हुने क्रम जारी रहेको हो । संगठनले युवाको प्रतिनिधित्व बढाउने उद्देश्यसहित आगामी निर्वाचनका लागि तयारी अघि बढाएको बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको