एक रुपैयाँका नयाँ सिक्का आजदेखि चलनचल्तीमा

 

 

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आजदेखि एक रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउँदै छ ।

एक रुपैयाँको सिक्काको अग्र भागमा सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्ला हुनेछन् । यस्तै, चौसठ्ठी वटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा रि वान र तल्लो भागमा देवनागरी लिपिमा एक रुपैयाँ लेखिएको छ ।

नेपालको नक्साको दायाँतर्फ दृष्टिविहीनले स्पर्श गरेर पहिचान गर्न सक्ने एउटा मोटो थोप्लो रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी सिक्काको पृष्ठ भागमा आठ थोप्लासहितको वृत्ताकार घेराभित्रको वर्गाकार आकृतिलाई वरिपरि चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बीचमा सगरमाथाको आकृति र आकृतिको मुनि अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ऋण तिर्नै सरकारलाई सास्ती:नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमान्डौ,७ असोज । नेपाल सरकारको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामै सार्वजनिक ऋण २९ खर्ब

बिहीबारदेखि लामो र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

काठमाडौं,७ असोज । बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायीले सर्वसाधारणलाई आग्रह गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै

मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

काठमाडौं ,७ असोज। आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ

कैलाली कांग्रेस सभापति भट्टको जिम्मेवारी खोसियो, बडुवाल बने कार्यवाहक

कैलाली ,७ असोज । नेपाली कांग्रेसले कैलाली जिल्ला सभापति नारायणदत्त भट्टको जिम्मेवारी खोसेर उपसभापति भीम बडुवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। १५औँ महाधिवेशनअन्तर्गत जिल्ला मातहतका

फोहोर अब ‘फोहोर’ मात्र होइन, स्रोतका रूपमा उपयोग गर्ने कानुन ल्याउँदै सरकार

काठमान्डौं,७ असोज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभामा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको छ । विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरको वैज्ञानिक व्यवस्थापन, पुनःप्रशोधन

बालमैत्री नगर घोषणाको पूर्वसन्ध्यामा खुल्यो बाल उद्यान, बालबालिकाका लागि के–के छन्

दमक, ७ असोज । दमक नगरपालिका वडा नम्बर २ स्थित पाथीभरा कोलोनीमा बाल उद्यान सञ्चालनमा ल्याइएको छ। बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहेका बेला बालबालिकाका