दमक,२५ पुस । झापाको दमकबाट हिरासत कक्षबाट फरार भएका एक थुनुवा पुनः नियन्त्रणमा परेका छन्।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट भागी फरार रहेका लागू औषध मुद्दाका थुनुवा दमक नगरपालिका–१० निवासी वर्ष २८ का मनोज खनाललाई प्रहरीले पुनः पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आज दमक नगरपालिका–८ स्थित सेतुमारी रोडबाट खनाललाई फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका खनाललाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एआई तस्वीर









