दमक, २६ पुस । झापाको मेचिनगरमा एक पुरुष मृत फेला परेका छन्।
आज बिहान करिब ७:१५ बजे मेचिनगर नगरपालिका–७ प्यारी भित्ता बसपार्क क्षेत्रमा बस्दै आएका मागीखाने अन्दाजी ४० देखि ४२ वर्षका ‘तम्बु’ भन्ने, वतन नखुलेका पुरुष पुरानो बिग्रिएर राखिएको को १ ख ७८३९ नम्बरको बसभित्र सुतिरहेको अवस्थामा मृत फेला परेका हुन्।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
तस्बिर : ए आई









