झापामा ट्याक्टर दुर्घटना : एकको मृत्यु ,चार घाइते

दमक,  २६ पुस ।  झापाको गौरादहमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

शुक्रबार राति करिब १०:३० बजे गौरादह नगरपालिका–५ चान्दुखोला स्थित भित्री सडक खण्डमा बालुबथानबाट फकिटिप गाउँतर्फ जाँदै गरेको मे १ त ७१०८ नम्बरको खाली ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा ट्र्याक्टरमा सवार ऐ.ऐ. ७ बस्ने ३५ वर्षीय महमत माजिम गम्भीर घाइते भई उपचारका लागि दमक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्।

दुर्घटनामा घाइते हुनेमा ऐ.ऐ. ७ बस्ने ४९ वर्षीय सत्य नारायण राजवंशी रहेका छन्। उनको बाँया खुट्टामा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको छ। त्यसैगरी ऐ.ऐ. ७ बस्ने २३ वर्षीय संजित ऋषीदेवको शरीरका विभिन्न भागमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

त्यस्तै ऐ.ऐ. ७ बस्ने २३ वर्षीय अभिजुल मियाको देब्रे खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ भने गौरादह नगरपालिका–७ बस्ने ३४ वर्षीय केलु मियाको छातीमा चोट लागेको भए पनि बोल्न सक्ने अवस्थामा रहेको र अवस्था सामान्य रहेको बताइएको छ।

सबै घाइतेको दमक अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि ट्र्याक्टर चालक गौरादह नगरपालिका–७ बस्ने ३८ वर्षीय यम प्रसाद राजवंशी फरार रहेका छन्। 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।