माओवादी परित्याग गरी एमालेमा प्रवेश

माओबादी परित्याग गरेर नगर प्रमुख र उपप्रमुख पाटी एमालेमा प्रवेश

 

 

 

 

मोरङ — रंगेली नगरपालिका प्रमुख दिलिप अग्रवाल र उपप्रमुख केशवकुमारी खराल नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले मोरङले बुधबार आयोजना गरेको तराई मधेस केन्द्रित बृहत् जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला र अबिर लगाएर उनीहरूलाई पार्टी प्रवेश गराएका छन् ।

उनीहरूसँगै वडा १ का अध्यक्ष कृष्ण खनाल, वडा ५ अध्यक्ष महानन्द मण्डल र वडा ७ का अध्यक्ष रामचन्द्र मण्डल पनि पार्टी प्रवेश गरेका छन् । उनीहरू तत्कालीन माओवादीबाट निर्वाचित भएका थिए ।

वडा सदस्य शंकर साहले पनि जनता समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् । उक्त सभामा रंगेलीका ३ हजार १ सय, धनपालथान, कटहरीलगायत ठाउँका व्यक्तिहरूले एमाले प्रवेश गरेको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले दाबी गरे ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच