"माओवादी परित्याग गरी एमालेमा प्रवेश"

माओबादी परित्याग गरेर नगर प्रमुख र उपप्रमुख पाटी एमालेमा प्रवेश

 

 

 

 

मोरङ — रंगेली नगरपालिका प्रमुख दिलिप अग्रवाल र उपप्रमुख केशवकुमारी खराल नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले मोरङले बुधबार आयोजना गरेको तराई मधेस केन्द्रित बृहत् जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला र अबिर लगाएर उनीहरूलाई पार्टी प्रवेश गराएका छन् ।

उनीहरूसँगै वडा १ का अध्यक्ष कृष्ण खनाल, वडा ५ अध्यक्ष महानन्द मण्डल र वडा ७ का अध्यक्ष रामचन्द्र मण्डल पनि पार्टी प्रवेश गरेका छन् । उनीहरू तत्कालीन माओवादीबाट निर्वाचित भएका थिए ।

वडा सदस्य शंकर साहले पनि जनता समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् । उक्त सभामा रंगेलीका ३ हजार १ सय, धनपालथान, कटहरीलगायत ठाउँका व्यक्तिहरूले एमाले प्रवेश गरेको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले दाबी गरे ।

Share: