झापा,२७ पुस । संस्थापन पक्षको असहमतिका बीच आजदेखि शुरु हुन लागेको नेपाली कांग्रेसको विशेष महाधिवेशनमा झापाका एकासी जना प्रतिनिधि सहभागी हुँदैछन् । झापाको पाँचवटै क्षेत्रबाट त्यति संख्यामा प्रतिनिधिहरु राजधानी पुगनु भएको छ। झापा क्षेत्र नं १ बाट २३ , २ बाट १२ , ३ बाट ६ , ४ बाट १८ र ५ बाट २२ जना महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा भाग लिन गएको क्षेत्रीय सभापतिहरुले बताएका छन् ।
झापाका पाँच जना क्षेत्रीय सभापतिहरु मध्ये क्षेत्र नं १ का सभापति इन्द्र बुढोथोकी , ४का सभापति जय नारायण शाह र ५ का सभापति ढुण्डी राज भण्डारी विशेष महाधिवेशनमा भाग लिन राजधानी जानु भएको हो । झापामा १२५ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । आज र भोलि काठमाण्डौको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुन लागेको हो ।विशेष महाधिवेशनको आज दिउँसो एक बजे उद्घाटन कार्यक्रम रहेको छ ।

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग








