दमक, २७ पुस । झापाको दमकस्थित किओच दमक बाल अस्पतालमा बाल सल्यचिकित्सक सेवा नियमित रूपमा सञ्चालन हुँदै आएको छ। अस्पतालका अनुसार प्रत्येक महिनाको पहिलो बिहीबार र शुक्रबार बाल सल्यचिकित्सक विशेषज्ञमार्फत ओपिडी सेवा प्रदान गरिँदै आएको छ। यस सेवाअन्तर्गत बालबालिकासम्बन्धी सल्यचिकित्सा आवश्यक पर्ने बिरामीहरूको जाँच, परामर्श तथा उपचारबारे सम्पूर्ण जानकारी दिइने अस्पतालले जनाएको छ।
उक्त सेवामा माघ महिनाको पहिलो बिहिवार र शुक्रबार बाल सल्यचिकित्सक विशेषज्ञ प्राध्यापक डाक्टर दिनेश कोइराला सहभागी हुने कियोच दमक बाल अस्पतालले जानकारी दिएको छ।
सेवा दमक नगरपालिका वडा नम्बर ७ स्थित कियोच दमक बाल अस्पतालमा उपलब्ध रहेको जनाइएको छ।

दमक शहर र विकास योजन
पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।








