किराती र साम्पाङ बीच भेटवार्ता

धरान,२७ पुस । पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन किराती र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच आइतबार भेटवार्ता भएको छ।
धरानको रमाइलो चोकस्थित होटल ह्वाइट डोभमा भएको भेटमा देशको राजनीतिक र आर्थिक संकट तथा त्यसको निकासबारे गम्भीर छलफल भएको किरातीले बताउनु भयो।

भेटवार्ता सकारात्मक रहेको र आगामी दिनमा पनि संवादलाई निरन्तरता दिने सहमति भएको दुवै पक्षले बताएका छन्। भेटका क्रममा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने विषयमा पनि समझदारी बनेको छ। औपचारिक गठबन्धनबारे निर्णय नभए पनि राजनीतिक सहकार्यको ढोका खुला राख्ने सहमति भएको छ।

यसैबीच प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ बाट सुदन किरातीको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
उता धरानका मेयर साम्पाङले पनि सुनसरी १ बाट उठ्ने तयारी गर्नु भएको छ। सुदनलाई पार्टीको सुनसरी जिल्ला कार्यसमितिले फागुन २१ गते हुने निर्वाचनका लागि केन्द्रमा सिफारिस पठाएको छ।

२०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा किराती माओवादी केन्द्रका तर्फबाट भोजपुरबाट निर्वाचित हुनु भएको थियो। माओवादी केन्द्र विभिन्न वाम दलसँग एकीकृत भई नेकपा बनेपछि जनार्दन शर्मासँगै अलग भएका किराती हाल नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीमा हुनुन्छ। सुनसरी–१ धरान उपमहानगरपालिका समेटिएको क्षेत्र हो, जहाँ हर्क साम्पाङ मेयर हुनुन्छ। साम्पाङले आगामी निर्वाचनमा यही क्षेत्रमा उठ्ने तयारी गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।