दमक उद्योग वाणिज्य संघका पदाधिकारीले सम्मान थाप्दै भने ‘कार्यकाल सकिएपछि यो सम्मान अझ बढाउने मन छ ।’

दमक, २८ पुष । दमक उद्योग वाणिज्य संघको गत पुष १८ गते भएको निर्वाचनबाट बिजयी भएपछि अहिले यसका पदाधिकारी तथा सदस्यहरुलाई बधाई थाप्न भ्याई नभ्याई छ । व्यक्तिगत होस वा सस्थागत भेटेर बधाइ दिने , खादा लगाइदिने र अविरले रङ्गीदिइरहेका छन् ।
यही क्रममा आईतबार होलसेल व्यवसायी सघं दमकले पनि खादा , माला र अवीर लगाइदिएर सबै पदाधिकारी तथा सदस्यहरुलाई सम्मान सहित बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
सो क्रममा होलसेल व्यवसायी संघका सल्हाकार संयोजक काशी थपलीयाले यो टीमले दमकका व्यवसायीको हीतमा काम गरेर शीर उच्च बनाउन उद्योग वाणिज्य संघका कार्यसमितीलाई सुझाव दिनु भएको छ ।

दमक उद्योग वाणिज्य संघमा कुनैबेला कुनै दलमा आस्था राख्नेहरुको मात्रै एकछत्र चलेको भएपनि यो पटकको मत परिणामले त्यस्तो सन्देश नदिएको होलसेल व्यवसायी संघका सस्थापक अध्यक्ष रिङ कुमार आचार्यले बताउनु भयो । यो पटक सबैले अपनत्व गर्न सक्ने गरी मिश्रीत परिणाम आएको र यसले परिणाममुखी काम गर्न उहाँले सुझाव दिनुभयो ।

सम्मान तथा बधाई कार्यक्रममा सम्मान पछि बोल्दै दमक उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष भगवान बस्नेतले अहिले यसरी गरिएको सम्मान भन्दा पनि व्यवसायीलाई समस्या लिएर आउन र त्यो समस्या समाधान गर्न गरिएको पहलबाट प्राप्त भएको परिणामपछि गरिने सम्मान चाहि अझ महत्वपूर्ण हुने बताउनु भयो । त्यसैले उहाँको भनाई छ यस्ता औपचारीक सम्मान भन्दा पनि अव हामी व्यवसायीका समस्या र तीनको समाधानमा केन्द्रित बनौ ।

सो अवसरमा बोल्दै संघमा दोस्रो कार्यकालकालागी अध्यक्षमा निर्वाचित हुनु भएका गोपाल गुरागाईले भन्नु भयो चुनावका बेलामा तीन पक्ष भएपनि चुनाव सकिएपछि र अहिले परिणाम समेत आइसके पनि आफुहरु सबैको साझा प्रतिनिधी भइसकेकोको प्रतिकृया दिनुभयो ।

दमक उद्योग वाणिज्य संघको कार्यसमितीको पदभार ग्रहण माघ २ गते हुने र त्यसमा दमकका सबै उद्योगी व्यवसायीहरुलाई उपस्थिती रहन पनि अध्यक्ष गुरागाईले आह्वान गर्नु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।