काठमाडौँ,२८ पुस । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पताल नजिकै बाफलमा बोरामा प्याक गरेर इनारमा फालेको अवस्थामा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । इलाम घर भएर ललितपुर महानगरपालिका–१७ स्थित प्रसिद्धि टोल बस्दै आएका गर्जमान थापाको शव भेटिएको ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताउनु भयो ।
८३ वर्षीय थापा पुस २६ गते देखि हराएको भन्दै परिवारले प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएका थिए । खोजतलासको क्रममा बाफल भन्ने ठाउँमा इनारमा शव भेटिएको एसएसपी बोगटीले बताउनु भयो । शव बोरामा पोको पारेर फालेको देखिएको छ । एसएसपी बोगटी भन्नु हुन्छ्, ‘हत्या गरेर इनारमा फालेको देखिन्छ, हामी अनुसन्धान गर्दैछौँ ।’
हत्यामा संलग्न आशङ्कामा प्रहरीले सोधपुछको लागि ३ जनालाई नियन्त्रणमा लिएको छ ।

दमक शहर र विकास योजन
पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।








