दुर्घटना

संखुवासभामा दुर्घटना हुदा १३ जनाको मृत्यु  :  मृतकहरुको पहचिान हुन सकेको छैन

Accidnet_H0l2Wfkm4U (1)

 

 

 

संखुुवासभा — संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुवाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

घटनास्थलमा रहेका मादी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष धननारायण तामाङले १३ जनाको शव निकालिएको बताए । मृतकहरुको पहिचान भइसकेको छैन ।

बिहीबार बिहान भएको दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएको स्थानीय डम्बरबहादुर बस्नेतले बताएका छन् । उनका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो ।

स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । संखुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले अहिले पनि उद्धार कार्य जारी रहेको बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित