काठमान्डौ,१० भदौ ।तिब्बततर्फको माथिल्लो क्षेत्रमा हिमताल फुटेपछि आएको बाढीका कारण बुधबार बिहान भोटेकोसी नदीमा एक्कासि जलसतह बढेको आशंका गरिएको छ।
बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ भने त्रिशूली नदी आसपासका बस्तीमा समेत जोखिम बढेको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी आउँदा सदरमुकाम क्षेत्रमा वर्षा भएको थिएन। त्यसैले माथिल्लो क्षेत्रमा हिमताल फुटेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको हो।









