काठमाडौं,१० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ड्युटीमा खटिएका ९ सशस्त्र प्रहरीमध्ये ५ जना सम्पर्कमा आएका छन् भने ४ जना अझै बेपत्ता छन्।
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बाढीमा परेका प्रहरीको खोजी तथा उद्धारका लागि काठमाडौं र चितवनबाट विशेष टोली परिचालन गरिएको छ। कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयसहित थप टोलीहरू तयारी अवस्थामा राखिएका छन्।
घाइते तथा प्रभावितको उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा १०० शय्या तयारी अवस्थामा राखिएको छ।









