विद्युतीय सवारी साधनलाई निरुत्साहित गर्ने कर नीतिहरू बदर गर्न सर्वोच्च अदालतले परमादेश जारी गर्यो

काठमाडौँ,४ माघ । सरकारले विद्युतीय सवारी साधन इभि लाई निरुत्साहित गर्ने गरी सरकारले लिएका कर नीतिहरू बदर गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले सरकारका नाममा परमादेश जारी गरेको छ।

 

सर्वोच्चले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने स्पष्ट र स्थिर नीति बनाउन परमादेश जारी गरेको हो । त्यस्तै सहरहरूमा साइकल लेन र प्रदूषणरहित यातायातको व्यवस्था गर्न र वातावरण संरक्षणका लागि दीर्घकालीन कार्ययोजना बनाउन सरकारका नाममा परमादेश जारी भएको हो।
नेपाल राष्ट्र बैंकले २०८१ पुस २९ मा जारी गरेको विद्युतीय सवारी कर्जासम्बन्धी संशोधित निर्देशन र सरकारले विद्युतीय सवारी साधन मा बढाएको कर सम्बन्धी निर्णयहरू बदर गर्न परमादेश जारी गरेको हो ।

 

राष्ट्र बैंकले विद्युतीय सवारी खरिदमा दिइँदै आएको सहुलियतपूर्ण कर्जा र भुक्तानी प्रक्रियामा फेरबदल गर्ने निर्णय बदरको माग गरिएको थियो ।

प्रकाशमणि शर्मा एकेडेमी फर पब्लिक इन्ट्रेस्ट लका तर्फबाट अधिवक्ता रूपा बस्नेत, सञ्जय अधिकारी र राज मोहन सिंहसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र वन तथा वातावरण मन्त्रालयलाई विपक्षी बनाई उक्त रिट दायर गर्नु भएको थियो ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका कारण वायु प्रदूषण बढाउन सघाउ पु¥याइरहेको र काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर खतराको तहमा पुगेको र यसले नागरिकको औसत आयु घटाउनुका साथै बर्सेनि हजारौँको मृत्यु भइरहेको तथ्य रिटमा उल्लेख गरिएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनहरू उद्धृत गर्दै नेपालमा वार्षिक करिब ४८ हजार ५०० मानिसको मृत्यु वायु प्रदूषणका कारण हुने गरेको उल्लेख गरिएको छ।

सवारी साधनबाट निस्कने धुवाँ वायु प्रदूषणको मुख्य स्रोत रहेको र त्यसको एक मात्र दिगो विकल्प विद्युतीय सवारी रहे तापनि राज्यले उल्टो नीति अख्तियार गरेको दाबी गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।