१४ जनामध्ये १० जनाको सनाखत

संखुवासभा बस दुर्घटना : घाइते भएका ५ जनालाई उपचारका लागि हेलिकोप्टरबाट धरान लगियो

1646887702_622970a70c437_Bus_Accident - Copy

 

 

संखुुवासभा — मादीमा भएको बस दुर्घटनाका घाइते भएका ५ जनालाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि धरान लगिएको छ । उनीहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले बताए ।

घाइतेमध्ये युका पोखरेल र बलबहादुर कार्कीको अवस्था गम्भीर छ । सुवास गोले, तुलसा कटुवाल, अम्बिका विक खतरामुक्त भएपनि थप उपचारका लागि उनीहरुलाई पनि धरान लगिएको छ ।

दुर्घटनामा बसका चालक र सहचालक दुबैको मृत्यु भएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएका १४ जनामध्ये १० जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा मादीकी अञ्जना कटुवाल, दीपक दाहाल, इन्द्रबहादुर अधिकारी, आइतबहादुर तामाङ, सविता राउत, श्याम शेर्पा, भवानी दाहाल, दीक्षा कटुवाल, चालक विपीन निरौला, सहचालक उमेर भट्टराई रहेको प्रहरीले जनाएको छ । एक जना पुरुष, दुई महिला र एक बालकको पहिचान भने खुलेको छैन ।

बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन