काठमाडौं,४ माघ । उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध आज पनि माइतीघरमा प्रदर्शन भएको छ । थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध सरोकारवालाले प्रदर्शन गरेका छन् ।
यसअघि नै सरोकारवालाहरूले उक्त निर्णय पुनरावलोकनको माग गर्दै पटक–पटक प्रदर्शन गर्दै आएका हुन। हाल कायम २० मिटर छाड्नुपर्ने मापदण्डमा थप २० मिटर पनि छाड्नुपर्ने भनेर सर्वोच्चले फैसला गरेको थियो ।
सरोकारवालाहरुले सर्वोच्चको फैसलालाई गैरन्यायिक र गैरसंवैधानिक भन्दै आएका छन्। सरोकार समितिले यो फैसला गर्ने न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्मालाई महाभियोग लगाउन समेत माग गर्दै आएको छ।
उक्त फैसला कार्यान्वयन गर्न नसक्ने भन्दै सरकारका तर्फबाट तत्कालीन कानून सचिव फणीन्द्र गौतमले फैसला पुनरावलोकनको निवेदन दिनु भएको छ । भूमि अधिकार संरक्षण समितिलगायत सरोकारवालाहरुले प्रदर्शन गरेका छन् ।









