सिंहवाहिनीमा अघि बढ्यो अक्षयकोषको अभियान

पथरी, ४ माघ / मोरङको पथरी शनिश्चरे ९ स्थित श्री सिंहवाहिनी मावि भूतपूर्व विद्यार्थी सञ्जालले विद्यार्थीको अध्ययन र विद्यालयको गुणस्तरीय शिक्षामा सघाउन पहिलो चरणमा कम्तिमा ५ लाखको अक्षयकोष खडा गर्न कार्यविधि निर्माणको प्रक्रिया अघि बढेको छ ।

 

सञ्जालको सचिवालयको पछिल्लो बैठकले सबै व्याचका भूतपूर्व विद्यार्थीहरुलाई सञ्जालमा समेट्दै जाने अभियान अघि बढाउने र प्रथम चरणमा ५ लाखको अक्षयकोष खडा गर्न कार्यविधि निर्माणको निर्यण गरिएको अध्यक्ष राजकुमार राईले जनाउनु भयो । पुस २७ को प्रथम वार्षिक साधारणसभाको अवसरमा अक्षयकोषको अभियान थालिएको हो । जसमा कुमार बस्नेत, विनोदकुमार तामाङ र सरिता भट्टराई खड्काले जनही ११ हजार ५ सय रुपैयाँका दरले ३४ हजार ५ सय रकम जम्मा गर्नुभएको छ । १९ जनाले वचनदानसहित ३ लाख ६१ हजार ५ सय रुपैयाँ जम्मा हुने घोषणा भएपछि सञ्जाल उत्साहित बनेका छ । त्यसबाहेक यसअघिनै अक्षयकोषका लागि १ लाख ५० हजार रुपैयाँ जम्मा भएको थियो । वचनदानको रकम उठाउँदै ५ लाखबाट अक्षयकोष वितरण थाल्ने र कम्तिमा १० लाखसम्मको अक्षयकोष खडा गर्ने सञ्जालको योजना छ ।

 

बैठकले विद्यालयमा विशेष योगदान पुर्‍याउनेहरुलाई प्रत्येक वर्ष विद्यालयककै वार्षिकोत्सवमा सम्मानित गर्ने समेत निर्णय गरेको छ । बैठकमा कोषाध्यक्ष शारदादेवी बस्नेतले प्रथम वार्षिक साधारणसभा, तेस्रो पुनर्मिलन, सम्मान तथा वनभोज कार्यक्रमको खर्च विवरण प्रस्तुत गर्नुभयो । वनभोजतर्फ ४९ जनाबाट ४९ हजार रुपैयाँ संकलन भएकोमा साधारणसभा, सम्मान, वनभोज, संस्था दर्ता, लेखा परीक्षणसहितमा कुल ८६ हजार ७ सय ४४ रुपैयाँ खर्च भएकोमा अपुग खर्च यसअघिको वचतबाट मिलान गरिएको जानकारी गराउनु भयो ।

 

भूपू विद्यार्थीहरुबीचको एकता, सद्भावका साथै विद्यालयमा गुणस्तरीय शिक्षा तथा विद्यार्थीको पठनपाठनमा सघाउने योजना अनुरुप ०८१ पुस २७ मा भएको दोस्रो पुनर्मिलन कार्यक्रमबाट औपचारिक रुपमा सञ्जाल गठन गरी नगरपालिका कार्यालयमा दर्ता गरिएको छ ।
सञ्जालको पहलमा यसअघि विधालयमा खानेपानीको प्लान्ट जडान तथा विद्यालय रंगरोगन कार्य सम्पन्न भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।