झापा ५ इपिसेन्टर भएको प्रश्नमा वाइयात कुरा भएको ओलीको जवाफ

 झापा ,५ माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ आगामी निर्वाचनमा इपिसेन्टर बनेको कुरा वाइयात भएको प्रतिक्रिया दिनु भएको छ ।

मंगलबार हुने उम्मेदवारी दर्ताको लागि सोमबार झापा आइपुगनु भएका ओलीले भद्रपुर विमानस्थलमा यस्तो प्रतिक्रिया दिनु भएको हो । ओलीलाई सञ्चारकर्मीले झापा–५ निर्वाचनको इपिसेन्टर बन्यो नि ? भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले भन्नु भयो, ‘के को इपिसेन्टर हुन्छ ? वाइयात कुरा ।’

निर्वाचनका लागि शान्ति सुरक्षा अझै कायम हुन नसकेको भन्दै ओलीले सरकारले निर्वाचनका लागि शान्ति सुरक्षाको प्रबन्ध गर्न अझै नसकेको बताउनु भयो । विभिन्न प्रकारका अपराधिक घटनाहरू अझै समाजमा भइरहेकाले सुरक्षा प्रवन्ध कमजोर रहेको उहाँको भनाइ छ । निर्वाचन आयोगमाथि अहिले प्रश्न उठ्ने अवस्था आइरहेकाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित हुनेमा आशंका रहेको ओलीको भनाइ छ । नेकपा एमाले जस्तोसुकै अवस्थामा पनि निर्वाचनमा भाग लिने भन्दै उनले शान्ति सुरक्षाको स्थिति राम्रो हुनुपर्ने बताउनु भयो ।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत माघ ६ गते मंगलबार उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ। अध्यक्ष ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गर्दै हुनुन्छ्। उहाँसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी दिँदै हुनुन्छ् भने नेपाली कम्युनिष्ट पार्टीले रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।