दमक, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । पहिलो नम्बरमा पालो रहेका बालेनले केहीबेरअघि मनोनयन दर्ता गराएका हुन् । उनको समर्थकमा भेषराज भट्टराई र प्रस्तावकमा भूमिनन्द बराल रहेका छन् । तामाझाम नगर्ने भनिए पनि निर्वाचन अधिकृतको कार्यालयअगाडि निकै भिडभाड देखिएको छ । मनोनयन दर्ता गर्न २५ जना मात्र आउने सोमबार सहमति भएको थियो । तर, स्वस्फूर्त शुभेच्छुकको भिड बढेको जनाइएकाे छ ।

पथरीमा ५० मिटरकै सडक बनाउन सरोकारवालाहरु सहमत
पथरी, २८ माघ / उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित पथरी बजार क्षेत्रमा ५० मिटर चौडाइको सडक निर्माण गर्ने कुरामा सरोकारवालाहरु सहमत भएका छन्








