इलाम,८ माघ । इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक बिहिबार बिहान दुर्घटना भएको हो ।
देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिनु भयो । गम्भीर घाइते भएका निजको अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।









