अराजकताको आयू लामो हुँदैन : अध्यक्ष ओली

विध्वङ्स मच्चाउनेहरु कानूनी दायरामा आउने विश्वास

दमक/ ८ माघ /  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयू लामो नहुने भन्दै आपराधीक कृयाकलापमा संलग्नहरु कार्वाहीको दायरा आउने बताउनु भएको छ ।

 

बिहिबार झापाको दमक ८ स्थित नेपाली कम्युनिष्ट पार्टी (पूर्व एकिकृत नेकपा माओवादी) का नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकनका क्रममा उहाँले यस प्रकारको विध्वङ्स मच्चाउनेहरु कानूनी दायरामा आउने विश्वास दिलाउनु भयो ।

 

जेनजीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको घरमा सामान्य मर्मत पछि बस्दै आएका पुरीलाई आश्वस्त पार्दै अध्यक्ष ओलीले भन्नुभयो,–‘सधैं अराजकता कहाँ टिक्छ र, एक दिन त कार्वाहीको दायरामा ल्याएरै छोडिन्छ नि, बरु उजरी–निवेदन लगायतको प्रकृया चाँहि अघि बढाउनु होला ।’

 

नेता पुरीले आफुले सवै प्रमाणहरु संकलन गरि सकेको र कानूनी उपचारको प्रकृया पनि अघि बढाएको बताउनुभयो । आगजनी र तोडफोडका क्रममा क्रममा भएका सवै सम्पत्ती लुटिएको, घरायसी सामानहरु जलाईएको र घर पनि तोडफोड गरिएको पुरीले जनाउनुभयो ।

 

क्षतीग्रस्त घर अवलोकनका लागि पुग्नु भएका पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई पुरीले फूलले स्वागत गर्नु भएको थियो । नेतापुरीको घर अवलोकन पछि एमाले अध्यक्ष ओली दमक स्थित तत्कालिन माओवादीको पार्टी अवलोकन गर्दै गौरादह तर्फ लाग्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।