थप अनुसन्धान जारी

झापा मा मोटरसाइकल चोरी गर्ने भारतीय नागरिकसहित ६ जना पक्राउ

 

 

झापा मोटरसाइकल चोरीमा संलग्न रहेका १ जना भारतीय नागरिकसहित ६ जनालाई झापा प्रहरी पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका-७ का २१ वर्षीय प्रकाश सहनी, २४ पर्षीय प्रकाश दर्जी, २१ वर्षीय दिपक उराव, २२ वर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका-१ का ३०  वर्षीय बिर्ख लिम्बु र भारत किसनगंजका १९ वर्षीय महम्मद समिम रहेका छन्।

झापा जिल्लाका  बिभिन्न स्थानहरुबाट मोटरसाइकल चोरीको घटना भएको भनि सवारी धनीहरुको लिखित निवेदन दिएसँगै चोरी गर्ने व्यक्तिहरुको सुक्ष्म रुपले निग्रानी तथा पहिचान गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रकाश सहनी भन्ने व्यक्तिले मोटरसाइकल चोरी गरी बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको थियो। उनै सहनीले दिएको बयानका आधारमा चोरीमा संग्लग्न अन्य ५ जनालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनीहरु पक्राउ परेसंगै उनीहरुले बिभिन्न समयमा बिभिन्न स्थानबाट चोरी गरेका ७ थान मोटरसाइकल समेत बरामद भएको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण