अध्यक्ष ओलीको निर्वाचन परिचालन कमाण्डर देवेन्द्र दाहाल,सहकमाण्डरहरु कार्की र काफ्ले

झापा,९ माघ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र दाहाल र सहसंयोजक दिपक कार्की र मेनुका काफ्लेलाई तोकिएको छ ।

गौरादहमा आज बसेका निर्वाचन क्षेत्र नं ५  समन्वय कमिटीको आजको बैठकले ५ सय १ सदस्यीय  निर्वाचन परिचालन समिती गठन गरेको केन्द्रीय सदस्य दिपक कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार परिचालन कमिटी मातहत रहने गरी ९ वटा उपसमिती गठन गरिएको छ । कमिटीमा निर्वाचन क्षेत्रमा घर भएका केन्द्रीय कमिटी सदस्य,केन्द्रीय आयोग,केन्द्रीय विभाग (वर्तमान र निर्वतमान) हरुलाई जिम्मेवारी दिएको छ । कमिटीमा प्रदेश कमिटी सदस्य,प्रदेश लेखा कमिटी,विभाग र सल्लाहकारहरुलार्ई पनि परिचालन कमिटीमा समेटिएको छ । यसैगरी जिल्ला कमिटीका पदाधिकारी,विभागीय सदस्य,सल्लाहकार परिषदका सदस्यहरु पनि निर्वाचन परिचालन कमिटीमा छन् । यसैगरी स्थानीय र प्रदेशका निर्वाचित जनप्रतिनिधी पनि कमिटीमा रहेका छन् । यसैगरी जनसंगठनका केन्द्रीय, प्रदेशका पालिका कमिटीका पदाधिकारी र सदस्य पनि परिचालन कमिटीमा रहेका छन् । यसैगरी क्षेत्रीय समन्वय,प्रदेश समन्वय कमिटीहरु पनि निर्वाचन परिचालनमा केन्द्रीत हुनेछन् ।

संयोजक दाहाल  पार्टीको पोलिटव्यूरो सदस्य र पूर्वमन्त्री हुनुहुन्छ  । उहाँ २०४८ साल देखि ओलीको चुनाव कमाण्डर हुनुहुन्छ । सहसंयोजक कार्की एमाले केन्द्रीय सदस्य हुनुहुन्छ । संविधान सभाका दुवै निर्वाचनमा तत्कालिन झापा क्षेत्र नं ६ मा कार्की विजयी हुनुहुुन्थ्यो । कार्की २०५४–०५९ सालमा गौरादह गाविसको अध्यक्ष हुनुहुन्थ्यो । अर्की सहसंयोजक काफ्ले पार्टी केन्द्रीय सदस्य एवं अनेम संघकी केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । उहाँ कमल गाउँपालिकाकी निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ ।

‘हाम्रा चुनावी कमाण्डर र सह कमाण्डर विगतमा निर्वाचन रणनीति बनाउने र त्यसको सफल कार्यन्वयन गर्ने नेता हुनुहुन्छ’ पार्टीका क्षेत्रीय संयोजक एवं परिचालन कमिटीका सचिव  नारायण गौतमले भन्नुभयो ‘उहाँहरुको नेतृत्वमा पार्टीका सबै कमिटी,कार्यकर्ताहरु परिचालन हुन्छन् । अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन हामी सबै मतदाता केन्द्रीत कार्यक्रम लिएर घरैघरै जान्छौं ।’

निर्वाचन परिचालनका लागि  ६९ सदस्यीय सचिवालय गठन गरिएको छ । गौतमका अनुसार वडा तथा टोलसम्मका प्रचार समिती आगामी माघ १२ गतेसम्ममा गठन गरिसक्ने निर्णय गरिएको छ ।

परिचालन कमिटी अन्तरगत रहने गरी गठन गरिएका ९ वटा उपसमिती मध्ये कार्यलय सञ्चालन उपसमितीको संयोजक नारयाण गौतम,प्रचार प्रसार सामग्री व्यवस्थापन उपसमिती होमबहादुर थापा,प्रचार प्रसार उपसमितीको संयोजकमा दिपक कार्की रहनु भएको छ । आर्थिक व्यवस्थापन उपसमितीको संयोजकमा रोमनाथ ओली,स्वंसेवक परिचालन उपसमितीको संयोजक गोविन्द थापा,प्रशासन समन्वय उपसमितीको संयोजक देवेन्द्र दाहाल रहनु भएको छ । यसैगरी सञ्चार ÷ क्षेत्र बाहिर रहेका मतदाता समन्वय  उपसमितीको संयोजकमा इन्द्रप्रसाद भण्डारी,कानुनी परामर्श उपसमितीको संयोजक नारायण भट्टराई रहनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा

अयोध्या–जनकपुर रेलको सफल ट्र्याक परीक्षण

जनकपुर,१९ कार्तीक । भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ । विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका

धनकुटाको लेगुवा बजारबाट ४७ हजारका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट

धनकुटा,१९ कार्तीक । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित लेगुवा बजारबाट करिब ४७ हजार रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्यवस्तु बरामद गरी नष्ट गरिएको छ।सरोकारवाला निकायको संयुक्त टोलीले