पथरी, १२ माघ / मोरङको पथरी शनिश्चरे ९ रिंगुवास्थित श्री सिंहवाहिनी मावि विद्यायय व्यवस्थापन समितिको अध्यक्षमा सन्तोष कठायत निर्वाचित बन्नु भएको छ ।
वडाको समन्वयमा नगर प्रमुखद्वारा स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी तथा चन्दादाताहरू मध्येबाट सन्तोष कठायत र मीना तामाङलाई मनोनित गरिएको थियो । त्यसपछि पूर्ण बनेको समिति सदस्यमाझबाट कठायत अध्यक्षमा सर्वसहमत चुनिनु भएको हो । वडा नम्बर ९ निवासी पूर्व सैनिक कठायत शिक्षा र सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएका व्यक्तिमा चिनिनु हुन्छ । वडा नम्बर १० की तामाङ कार्यपालिका सदस्य समेत हुनुहुन्छ ।
पदेन रुपमा वडा अध्यक्ष वीरबहादुर राई सदस्य रहनु भएको छ । यसका साथै लक्ष्मीप्रसाद फुयाल, पोखराज चापागाई, लीलादेवी कार्की, तारा गौतम पोख्रेल, शिक्षक प्रतिनिधि षडराज काफ्ले सदस्य र सदस्य सचिवमा प्रधानाध्यापक उमेशकुमार खड्का रहनु भएको छ । समितिमा पूर्व विद्यार्थीहरुको संख्या बढ्दै गएको छ । मीना राई अध्यक्ष रहेको समितिको कार्यावधि पुगेपछि नयाँ समिति बनेको हो । सो विद्यालय वि.सं. २०३५ सालमा स्थापना भएर ग्रामिण बस्तीको शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।









