झापाका तीन युवा नेताद्धारा आफूहरु गुन्डा नभएको दाबी

झापा,१२ माघ  । झापाका तीन युवा नेताले आफूहरु गुन्डा नभएको बताउनु भएको छ । नेकपा एमालेनिकट युवा संघका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज राज आङदम्बे , नेपाली कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल खेलकुद महासंघका झापा अध्यक्ष सुरेश आले र कांग्रेसनिकट नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सभापति राजेन्द्र उप्रेतीले आज सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी निर्माणाधीन एसियन हाइवेको ठेक्का लिएको निर्माण कम्पनीका मजदुरमाथि हातपात गरी गाडी कब्जा गरेको र गुन्डागर्दी गरेको भन्ने आरोप सरासर गलत भएको स्पष्ट पार्नु भएको छ। एभ्रास्कन र कालिका जेभीका तर्फबाट मेनेजर उज्वल प्रसाईले सार्वजनिक गरेको विज्ञप्ति र त्यसका आधारमा प्रकाशित समाचारहरुमा आफूहरुलाई लक्षित गरी चरित्र हत्या गर्ने, सामाजिक मान प्रतिष्ठामा आँच पु¥याउने कार्य गरेको भन्दै उहाँहरुले त्यसको घोर निन्दासमेत गर्नु भएको छ।

 

एशियन हाइवे निर्माणको क्रममा निर्माण कम्पनी एभ्रास्कन कालिका जोइन्ट भेन्चरले प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार नगरी अवैध तरिकाले चुरे जस्तो संवेदनशील क्षेत्रको दोहन गर्ने मनसायले मदन भण्डारी राजमार्गलाई प्रत्यक्ष असर पार्ने, स्थानीय जनताको दैनिकी समेतलाई असर गर्नेगरी माटो उत्खनन् गरेर पुरुवा ल्याउने काम गरिरहेकोले सोधपुछ गर्ने काम भएको स्वीकार्नु भएको छ । उहाँहरुले राष्ट्रिय गौरवको एसियन हाइवे निर्माणको आफूहरु विरोधी नभएको बताउँदै तर चुरे क्षेत्र कुनै पनि हालतमा उत्खनन् गर्न नदिने चेतावनी दिनु भएको छ ।

 

कुनै पनि सम्बन्धित निकायबाट अनुमति नलिई, अनाधिकृत रुपमा उत्खनन् गरी हाइवेमा पुरुवा हाल्ने काम भइरहेको दावी गर्दै स्थानीय प्रभावित नागरिकहरुले स्थानीय प्रशासनलाई जानकारी गराएपश्चात् प्रहरीले नै पुरुवा ओसार्ने साधनलाई नियन्त्रणमा लिएको उहाँहरुको भनाई छ । सामाजिक क्षेत्रमा क्रियाशील आफूहरुलाई बद्नाम गर्न प्रेषित विज्ञप्तिको खण्डन गर्दै उहाँहरुले निर्माण कम्पनीका मेनेजर प्रसाईलाई कारबाहीको मागसमेत गर्नु भएको छ ।

 

सुरक्षाको प्रत्याभूति नभएको भन्दै निर्माण कम्पनीले हिजोदेखि पूर्व–पश्चिम एसियन हाइवे विस्तारको काम रोकेको छ । प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने र नियन्त्रणमा लिइएका आफ्ना सवारी साधन छोड्नु पर्ने अडानमा निर्माण कम्पनी रहेका छन् ।

 

माघ १० गते ४ वटा , माघ ९ गते एउटा र पुष २३ गते दुईवटा टिपर स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । शनिवार बिहान १;३०बजे कनकाई वडा न.१ मा प्र.१–०२–०१क.३७४८न.को टिपर र चालक बाह्रदशी वडा न.१बस्ने सुमन माझी , प्र.१–०२–००१क.४३२६न.को टिपर र चालक बेलबारी वडा न.२ लालभित्ती बस्ने सरोज तोलाङ्गे , प्र.१–०२–००१क.४३२५न.को टिपर र चालक बिराटनगर वडा न.१२बस्ने सनम श्रेष्ठ तथा ना५ख६४९०न.को टिपर र चालक झापा गाउँपालिका वडा न.२ बस्ने गोमत दासलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका ७ वटा टिपरमध्ये पाँचवटा अर्जुनधारा नगरपालिका कार्यालय र दुईवटा सव डिभिजन कार्यालय सुरुङ्गामा राखिएको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।