कोशी सरकार सहयोग कार्यक्रम निर्देशक समितिको बैठक सम्पन्न

विराटनगर,१२ माघ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी सहयोग कार्यक्रम निर्देशक समितिको बैठक आज सम्पन्न भएको छ। स्विस सरकार विकास सहयोग कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको कार्यक्रमहरूको समीक्षा र प्रगति साथै आगामी दिनमा गर्न सकिने कार्यक्रमका बारेमा बैठकमा छलफल भएको छ। यो कार्यक्रम अन्तर्गत करिब ८ करोड रुपैयाँ बराबरको कम्प्युटर प्रिन्टर लगायतका सामग्री स्थानीय तहमा हस्तान्तरण गरी जेन्जी आन्दोलनपछि वडा कार्यालयहरु सञ्चालन गर्न सहयोग पुगेको छ। यो कार्यक्रमले संघीयता कार्यान्वयन र सुशासनमा सहयोग गर्दै आएको छ। प्रदेशमा कानुन निर्माणमा समेत यसले सहयोग गरेको छ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सुशासन र असल अभ्यासलाई जोड दिएर काम गर्नुपर्ने बताउनुभयो। उहाँले स्विस सरकारको सहयोगमा भएको कार्यक्रमलाई छिटो र छरितो ढंगले टुंग्याउनुपर्ने उल्लेख गर्नुभयो। कार्यविधि र अरु प्रक्रियाहरु चाँडो सकेर कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो। मुख्यमन्त्री कार्कीले स्विस सरकारसँगको सम्बन्ध सात दशक लामो भएको चर्चा गर्दै स्विस सरकारले नेपाललाई गरेको सहयोग प्रशंसनीय भएको बताउनुभयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।