‘वान टु वान’ भेटघाट

झापा ५ : चुनाव प्रचारमा एमालेकाे फरक रणनीति

दमक, १२ माघ । झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा एमालेले व्यापक कार्यकर्ता परिचालन गरेर निर्वाचन प्रचारलाई तिव्र बनाएको छ । यस क्षेत्रमा रहेका २९ वटै वार्ड कमिटी, नगर तथा गाउँ कमिटि, क्षेत्रीय कमिटी, भुगोलमा रहेका प्रदेश र केन्द्रीय कमिटीका सदस्य तथा पदाधिकारीहरु व्यापक चुनावी प्रचारमा लागेका छन् ।

 

पार्टि र नेतृत्व विरुद्धमा छरीएका भ्रम र तीनको यथार्थ बुझाउने गरी नागरिक तहमा जागरण ल्याउन यस खालको प्रचारको कार्यक्रम सुरुवात गरिएको निर्वाचन परिचालन मुल कमिटीका संयोजक देवेन्द्र दाहालले जानकारी दिनुभयो । यस क्षेत्रमा रहेका ८ हजार पार्टि कार्यकर्तालाई जनताकहाँ गएर , पार्टिप्रति जनताको मनासय, जनताले गरेको अपेक्षा बुझ्ने र त्यसबाट प्राप्त रिपोर्टिका आधारमा अन्य रणनिती बनाउने गरी काम गरीरहेको उहाँले बताउनु भएको छ ।

 

यस्तै पार्टिको मिडिया परिचालन कमिटीका संयोजक इन्द्र भण्डारीका अनुसार एमाले पार्टि सरकारको नेतृत्वमा रहेका बेला राष्ट्र र राष्ट्र हितका लागि गरेका महत्वपूर्ण र दुरगामी प्रभाव सकरात्मक प्रभाव पार्ने गरी सम्पन्न भएका, सुरु गरेका र अन्य निर्णयहरुलाई प्रभावकारी रुपमा मिडिया कभरेज गराउने समेत रणनिती बनाइएको छ ।

आवेग र आवेशको राजनितीबाट देशलाई जोगाउन देशमा स्थाइत्व प्रदान गर्दै दीगो विकासको लक्ष्य पुरा गरी सुखी नेपाली नेपाली समृद्ध नेपाल निर्माण गर्ने अभियानमा आम मतदातालाई सगसगै लीएर हिड्ने गरीको अभियान चलाउन समेत बृहत कार्यकर्ता परिचालन गरिएको झापा क्षेत्र नं ५ निर्वाचन प्रचार प्रसारउप समितीका संयोजक दिपक कार्कीले जानकारी दिनुभयो ।

हरेक दिन प्रत्येक कार्यकर्ताले कम्तिमा १० जनालाई अहिले छरीएको भ्रम र त्यसको सत्यता बुझाउने गरी लागीरहेको समेत जनाइएको छ । यसरी यस क्षेत्रका आम नागरीकलाई तथ्य सहितको सत्य बुझाएर फराकीलो मतान्तर सहित पार्टिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीलाई बिजयी गराउन टोली परिचालन गरिएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।