स्थाई बसोबास गराउने आश्वाशन

पूर्व राजा ज्ञानेन्द्र शाहका मजदुरको बस्तिमा बालेन शाहको घरदैलो

दमक,१२ माघ । यो हो दमक ९ स्थित उराव बस्तिमा रहेका स्थानीयबासीसग राष्ट्रिय स्वतन्त्र पार्टिका कार्यकर्ताले मत मागेको दृष्य ।
समस्या सोध्ने, टिपोट गर्ने अनी ती समस्या समाधान गर्न अव रास्पवपालाई भोट दिनुस है भन्दै मत माग्ने । यसरी झापाको क्षेत्र नं ५ मा बालेन शाहको चुनावी अभियान सुरु भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहको चीया बगानमा काम गर्ने चीया मजदुर बस्ने बस्तिबाट अभियान सुरु गरिएको हो । उनीहरुले यस बस्तिमा बसोबास गर्नेहरुलाई स्थाई बसोबासकालागी आफुहरुले पहल गर्ने आश्वाशन दिएका छन् । पुस्तौ देखि हामीले यही बस्दै र काम गर्दै आएको भएपनि आफुहरुको बसोबास स्थाई नभएको भन्दै त्यहाँका स्थानीयले गुनासो समेत राखेका थीए ।

सोमबार बिहानबाट सुरु गरीएको यो अभियानमा काक्रममा रास्वपाका नेताहरू तथा रास्वपा वरिष्ठ नेता बालेन शाहकी पत्नी सविना काफ्लेले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरेर आफ्नो पक्षमा मत माग्नु भएको थियो ।

अभियानमा सहभागी रास्वपाका स्थानीय कार्यकर्ता भने यसलाई आधीकारीक घर दैलो भनेर नबुझ्न आग्रह गरिरहेका छन् । केन्द्रिय बिभागीय सदस्य विरोध सु्वेदी भन्नु हुन्छ ‘अहिले नागरीकको समस्याको टपोट गर्ने र ती समस्यालाई पार्टिको घोषणापत्रमा कसरी अटाउने भन्ने योजना बनाउन पनि यस्तो अभियान चलाइएको हो ।
रास्वपा चुनाव प्रचार–प्रसार सचिवालयको नेतृत्वमा भएको पहिलो चरणको घरदैलो कार्यक्रम निरन्तर चल्ने निर्वाचन परिचालन समितीका संयोजक भेषराज भट्टराईले जानकारी दिनुभयो । प्रतिनिधिसभा निर्वाचनमा चर्चाको केन्द्र बनेको झापा–५ मा एमालेबाट अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।