स्पाईन यूटिन

दमकमा खुल्यो मेरुदण्ड सम्बन्धीको उपचार गर्ने छुट्टै यूनिट

दमक/
मेरुदण्ड सम्बन्धीको समस्या भयो भने दमकमा सहज उपचार हुँदैन । मेरुदण्डमा समस्या हुने बित्तीकै एम आर आई र सिटि स्क्यान गरेर त्यसको अवस्थाको बारेमा जाँच गरिन्छ । यी दुई मध्ये दमकमा सि टि स्क्यान मात्रै छ । एम आर आई गर्न अझैपनि दमक बाहिर नै जान पर्छ । यस्तो चुनौतीका बाबजुत पनि दमकमा मेरुदड सम्बन्धीको उपचार गर्ने बेग्ले यूनिट स्थापना गरिएको छ ।

दमक स्थित एडभान्स मल्टि स्प्यासिलिटि हस्पिटलले मेरुदण्डको उपचार गर्ने सम्बन्धीको छुट्टै यूनिटको शुक्रबार एक औपचारिक कार्यक्रम गरेर समुद्धघाटन गरेको छ । बरिष्ठ हाडजोर्नी तथा नशा रोग विषेशज्ञ प्रोफेसर डा. गौरवराज ढकाल र अस्पतालका सञ्चालक दिपक खरेलले सो यूनिटको सुभारम्भ गर्नु भयो ।

मेरुदण्ड सम्बन्धीमा अत्याधिक खोज गर्नु भएका प्रोफेसर डा. ढकाल काठमाडौ स्थित बिर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्नुु हुन्छ । दमक स्थाई घर हुनु भएका उहाँको सपना छ दमकलाई मेरुदण्ड सम्बन्धीको उपचार गर्ने हव बनाउने । यहि लक्ष्य पुरा गर्नकालागि पनि अस्पतालसँग सहकार्य गरेर स्पाईन यूनिट खडा गरेको उहाँले सुनाउनु भयो ।

महागो पैसा तिरेर दमक बाहिर जाने परम्पराको अन्त्य गर्न यस प्रकारको यूनिटले मद्धत पुग्ने विस्वास गरिएको छ । यो यूनिटमा एडभान्स अस्पतालका हाड जोर्नी तथा नशा रोेग विषेशज्ञ डा. अनुप पोखरेलले नेतृत्व गर्नु हुने छ । उहाँलाई काठमाडौ बाट वा पछाडीबाट डा. पोखरेलले सहयोग गर्ने जनाइएको छ ।

दमकका बिभिन्न अस्पतालमा काम गर्ने हाडजोर्नी तथा नाशा रोग विषेशज्ञ सहितको टोलीले बिहिबार दमक स्पाईन क्लव पनि गठन गरेको छ । यसबाट पनि सबै चिकित्सकहरु बिचको पारस्परिक सम्बन्ध विकास गर्न मद्यत पुग्ने र यसले बिरामीको अवस्था कहाँ कस्तो छ र कसरी उपचार गराइरहिएको छ भन्नेबारेमा अनुभव साटासाट समेत हुने विस्वास लिइएको छ । यो क्लवको संरक्षक पनि डा. ढकालले नै रहनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले