जब सेन्टर’को नाममा ठगी

जागिरको प्रलोभनबाट बच्न सबै सर्वसाधारणलाई : गृह मन्त्रालयको आग्रह

 

 

 

काठमाडौं : गृह मन्त्रालयले जागिरको प्रलोभनबाट बच्न सबै सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले बिहीवार विज्ञप्ति जारी गरी पछिल्लो समय काम लगाइदिने भन्दै ठगी गरेको पाइएकाले सचेत रहन आग्रह गरेको हो।

काठमाडौं उपत्यकाका चोक-चोकमा जागिरको अवसर भन्दै विभिन्न पर्चा वितरण र टाँस्ने गरिन्छ। ‍यसबाट कोही ठगिएका तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ।

प्रहरीले फागुन २२ गते ‘जब सेन्टर’को नाममा ठगी गरेको आरोपमा नौजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्घाखाँचीका २६ वर्षीय अमर पाण्डे, ३२ वर्षीय तिलकराम पाण्डे, लमजुङका २२ वर्षका आनन्द मरहठ्ठा रहेका छन्। उनीहरू दुध पोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टर नामक संस्थाका सञ्चालक हुन।

त्यस्तै, सिराहाका २३ वर्षीय विवेक यादव, ओखलढुंगाका २८ वर्षीय अश्विन राई, सिन्धुलीका घनश्याम पहाडी, रौतहटकी २५ वर्षीया सिर्जना लामिछाने, मोरङका ज्ञानु न्यौपाने र सोही जिल्लाका २२ वर्षीय रामवचन कुमार यावदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूले उपत्यकाभित्र विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनी दर्ता गर्ने र उक्त कम्पनीहरुले सामाजिक सञ्जाल, पत्रपत्रिका, पर्चा पम्पलेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भनी प्रचारप्रसार गर्ने गरेको पाइएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरुलाई फाराम भर्ने बहानामा ३०० देखि ५०० रूपैयाँसम्म शुल्क लिने गरेका थिए। त्यस्तै, १ हजार देखि ६ हजार रूपैयाँसम्म जब ग्यारेन्टी शुल्क लिने गरेको पाइएको छ। उनीहरुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र  बालाजुमा पठाइएको प्रहरीले जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच