Search
Close this search box.
"थप अनुसन्धान जारी"

लागुऔषध गाँजा सहित १ जना पक्राउ

 

 

 

 

मोरङको केराबारीमा  ६५ किलाे गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाकाे सहिदभुमी गाँउपालिका १ का ३१ वर्षीय दिपेश राईलाई पक्राउ गरेकाे ईलाका प्रहरी बेलबारीले जनाएकाे छ ।

कार्यालयका अनुसार गाँउपालिकाकाे ७ नम्बर वडा स्थित मुगुटाेलबाट बिहिबार अपरान्ह ४ बजे भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २३ प ३८६१ नम्बरको मोटरसाईकलमा सवार राईलाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी बाधेर राखिएको जेब्रा झोलामा बाधेर राखेको अवस्थामा ६५ केजी गाँजा बरामद भएको थियो ।

गाँजासंगै नियन्त्रणमा लिइएका राईकाे सम्बन्धमा थप अनुसन्धान भईरहेको कार्यालदयले जनाएकाे छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp