सकियो दमक नगरसभा

दमक नगरपालिका, मैजारो भयो नगरसभा, पुरक बजेट पास , विभिन्न बिद्ययक पारित

दमक/
दमक नगरपालिकाको १० औ नगरसभाको दोस्रो बैठक सम्पन्न भएको छ । यो बैठक सहित यो वर्षको नगरसभाको विधिवत अन्त्य पनि भएको छ । ५ वर्षकालागि निर्वाचित भएर आएका अहिलेका जनप्रतिनिधीको अन्तिम नगरसभाले पुरक अनुमान बजेटका सथै अन्य विभिन्न विधेयक पारित गर्दै समापन गरेको छ ।

२०७८ साल फागुन १३ गते दमक नगरपालिकाको १० सभाको पहिलो बैठक बसेको थियो । त्यो दिन सभामा पुरक अनुमानीत बजेट पेष प्रस्ताव गरिएको थियो । साथै विभिन्न विधेयकहरुपनि सभासमक्ष प्रस्ताव गरिएको थियो ।

त्यसपछि नगरसभासदस्यहरुलाई १८ गते सम्म नगरसभामा प्रस्तुत भएको पुरक अनुमानित बजेट तथा विद्ययकहरुमा आफ्नो लिखित राय राख्न अनुरोध गरिएको थियो । त्यसैको आधारमा सभाध्यक्षले नगरसभामा प्रस्तुत भएको पुरक अनुमानीत बजेट तथा विधेयकहरुलाई पारित गराउनु भएको छ ।

नवौ नगरसभाबाट स्विकृत भएको आर्थीक वर्ष २०७८/७९ को बजेटको विभिन्न शिर्षकहरुमा रकम थपघट हुने अवस्था उत्पन्न भइ आन्तरिक श्रोत तथा अनुदान दुवैतर्फ रकम संसोधन गर्नु परेकोले पुरक अनुमानीत बजेट ल्याइएको नगरकी उप -प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिती संयोजक गीता अधिकारीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७८/७९ को निमीत्त नगर कार्यपालिका, वडा समिती, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका अनुसुची १ मा उल्लेखित चालु खर्च, पुजिगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत जम्मा गरि २४ करोड, १९ लाख ६६ हजारमा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने उप प्रमुख अधिकारीले पुरक विनियोजन विद्ययेक सार्वजनिक गर्नुभयो ।

प्रस्तुत पुरक विनियोजन विद्ययेक नगरसभाबाट बहुमतले पारित पनि भयो । यस्तै यहि नगरसभाले स्थानीय उद्योग प्रर्वधन विधयक २०७८ र बस्ति विकास तथा जग्गा एकिकरण विद्ययक २०७८ लाई पनि पारित गरिएको छ । स्थानीय उद्योग प्रर्वधन विधयक २०७८ आर्थीक विकास समितीका संयोजक इन्द्र बहादुर गुरुङले प्रस्तुत गर्नु भएको थियो भने बस्ति विकास तथा जग्गा एकिकरण विधयक २०७८ विधायन समितीका संयोजक बोधराज न्यौपानेले प्रस्तुत गर्नु भएको थियो । यी विद्ययकलाई पनि नगरसभाध्यक्षले निणर्ार्थ सभामा प्रस्तुत गराउँदै बहुमत ध्वानीले पारित गराउनु भयो ।

अन्तिम नगरभामा उप प्रमुख अधिकारीले स्थानीय राजस्व परामर्ष समिती र सामाजिक विकास समिती र कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका तथा उपाचार सम्बन्धी प्रतिवेदनपनि सभासमक्ष पेष गर्नु भयो ।
वातावरण समितीका संयोजक टेक बहादुर थापालेक वातावरण समितीको प्रतिवेदन र पूर्वाधार समितीका संयोजक बोधराज न्यौपानेले पूर्वाधार समितीको प्रतिवेदन पेष गर्नु भयो ।

यसपछि नगरसभाध्यक्ष रोमनाथ ओलीले व्यवसाय कर छुट सुविधाका लागि पुष मसान्त सम्मको भाकालाई चैत मसान्त सम्मको अवधि थप गरिएको प्रस्वताव प्रस्तुत गर्नु भएको थियो । मेलमिलाप कर्ताको सुचि अध्यायधिक, मदन भण्डारी रङ्गशाला निर्माण सम्बन्धी सम्झौता अनुमोदन, सुनचाँदी लाईनमा निर्माण हुने ब्यापारिक भवनको डिपिआर स्विकृत गर्ने, कार्यपालिकाका निणर्य अनुमोदन गर्ने, आयोजना र कार्यक्रम संसोधन/परिमार्जन गर्ने, दमक अस्पताल विकास समितीको गठन, संरचना र दरबन्दी र बहुवर्षिय आयोजनाको बजेट निकासा गर्ने प्रस्ताव नभरसभाध्यक्ष ओलीले प्रस्तुत गर्नु भएको थियो ।

नगरसभापछि दमक नगरपालिका अन्तर्गतका सरकारी संरचना निर्माण गर्न जग्गा दान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । वडा नं १ देखी १० वटै वडा सम्मका वडा कार्यालयको भवन, स्वास्थ्य कार्यालय तथा अन्य संरचना निर्माण गर्न जग्गा दान गर्नेहरुलाई दोसल्ला ओडाएर र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण