दुर्घटना

मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

 

 

 

झापा ।  मोरङको रङ्गेली नगरपालिका- २ मङ्गलवारे स्थित विराटनगर आमवारि सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार विराटनगर महानगरपालिका- ५ का ४१ वर्षीय बलराम बर्तोला रहेका छन् । चालक विराटनगरकै १६ वर्षीय कमल भन्ने कुनाल बर्तौला घाइते भएको प्रहरीले जनाएको छ ।

 

शनिवार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश नम्बरको ०१-०४-००१ प ७१६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त दुर्घटनाबाट घाइते भएका बलरामको उपचारको लागी कोसी अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो ।

घाइते कुनालको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल