नेतृत्वमा महिलाको चाहना

आगामी स्थानीयतहको चुनावमा प्रमुख पदमा महिलाको प्रथमिकता बढाउन माग(भिडियो सहित)

दमक/
आसन्न स्थानीयतहको निर्वाचनमा वडा तथा पालिकाको नेतृत्वमा महिलाको सहभागीता बृद्धि गराउन अहिलेका महिला जनप्रतिनिधीले माग गरेका छन् । झापाको कमल गाउँपालिकाका दलित महिला सदस्य तथा महिला सदस्यहरुले पार्टिका गाउँ कमिटिको नेतृत्वलाई आगामी निर्वाचनमा संविधानमा तोकिएभन्दा बढी महिला सहभागीता बढाउन लिखित माग गरेका हुन ।

विभिन्न राजनैतिक दलबाट निर्वाचीत बनेका गाउँपालिकाका १३ जना महिलाहरुले गाउँका दुई प्रमुख दललाई सामुहिक रुपमा मागपत्र आईतबार बुझाए । उनीहरुले नेकपा एमालेका गाउँकमिटी अध्यक्ष प्रेम बहादुर पोखरेल र नेपाली काग्रेसका गाउँकमिटी सभापति बुद्धि न्यौपानेलाई एकैसाथ एकै व्यहोराको माग पत्र बुझाएका हुन ।

मागपत्रमा आगामी स्थानीयतहको निर्वाचनमा महिला र दलित महिलाको निणर्यक पदमा प्रतिनिधित्व सुनिश्चित गराइयो, पाँच वर्षे कार्यकालको अनुभवबाट प्राप्त सिकाई कार्यान्वायन गर्नकालागि वडासदस्यमा निर्वाचीत दलित, खुल्ला वा महिला सदस्यहरुमा सकेसम्म माथील्लो पद, वडाध्यक्ष वा पालिकाका प्रमुख वा उप प्रमुखमा उम्मेद्वारी वा सोहि पदमा पूःन उम्मेद्वारी सुनिश्चित गरियोस र निर्वाचित हुने वातावरण मिलाइयो, महिलाहरुको राजनैतिक सहभागीता बढाउन विषेशगरि नेतृत्वतहमा स्थापीत गर्नकालागि यहाँको विशेष पहल होस लगायत १० बुदे माग राखेका छन् ।

शी लिड्स (महिला नेतृत्व विकास) कार्यक्रम अन्तर्गत सि डि डब्लु एन अर्थात दलित महिला केन्द्र नेपालको आयोजनामा भएको कार्यक्रमको आइ एफ इ एस अर्थात इन्टरनेशल फाउण्डेशन फर इलेक्ट्रोरल सिस्टमको प्रविधिक सहयोगमा कार्यक्रम भएको थियो । यो कार्यक्रमलाई स्विस सरकार र अष्ट्रिेलियन सरकारबाट आर्थीक सहयोग प्राप्त भएको थियो ।

सि लिड्स कार्यक्रमले निर्वाचित महिला जनप्रतिनिधीहरुको काम, कर्तव्य र अधिकारको बारेमा चरणवद्ध रुपमा प्रशिक्षण दिदै आएको छ । पहिलो , दोस्रो , तेस्रो र चौथो चरण सम्म आइपुग्दा निर्वाचित जनप्रतिनिधीहरुले के सिके र आगामी निर्वाचनमा उनीहरु आफु आवद्ध दलसँग आफ्नो अधिकार कहाँ र कसरी स्थापीत गराउन सक्छन् भन्ने कुराको परिक्षण पनि यस कार्यक्रमले गर्ने छ ।

यस अघिको निर्वाचनमा राजनितीमा कम सकृय भएका महिला तथा दलित महिलाहरुलाई पार्टिले उम्मेद्वार बनाएको थियो । संविधानले महिला र दलित महिला अनिवार्य उम्मेद्वार बनाउने सुनिश्चित गराएपछि दलले तालिम र अनुभव नभएकाहरुलाई प्रतिनिधि बनाएको थियो । जसले गर्दा निर्वाचीत भएका महिलाहरुलाई आफ्नो काम कर्तव्य र अधिकारका बारेमा पूणर् ज्ञान थिएन । तर सि लिड्स कार्यक्रम कार्यान्वायन भएपछि भने यो कार्यक्रममा सहभागी भएका महिलाहरुमा राजनैतिक चेतनाको विकास भएको कार्यक्रम संयोजक सोमराज ढकालले बताउनु भयो ।

यो कार्यक्रम प्रदेश १ को ५ वटा जिल्लामा यो कार्यक्रम सञ्चालन भइरहेको छ । जसमध्ये झापाका ६ वटा पालिकामा कार्यक्रम कार्यान्वायन भएको छ । बुद्धशान्ती गाउँपालिका , अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका र दमक नगरपालिकामा कार्यक्रम चलिरहेको छ । यी पालिकामा १ सय ९ जना महिला जनप्रतिनिधी छन् । सबैलाई चरणवद्ध रुपमा विभिन्न प्रकारका तालिम दिदै आएको ढकालले बताउनु भयो ।
भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ

बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार

जेनजी आन्दोलनको क्षति : ऐतिहासिक भवन पुनर्निर्माण अन्योलमा

काठमाडौं,३ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमल स्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित

उदयपुरमा हुरी : दुईको मृत्यु, छ जना घाइते

उदयपुर,३ चैत। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल

“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु