साईबर क्राईमको सिकार

बालबालिकाहरुमा अनलाईन दुब्र्यवहार बढ्यो

दमक/
कोभिड महामारी सुरु भएपछि बालबालिकाहरुले अनलाईनलाई आफ्नो अध्ययनको महत्वपूणर् स्थान बनाउन थाले । जुन अपरिहार्य थियो । वैकल्पीक शिक्षाका नाममा सरकारले यसलाई बढवा पनि दियो । विद्यालयले अनलाईन माद्यमबाट विभिन्न कक्षाहरु पनि सञ्चालन गरे । विद्यार्थीहरुको उपस्थिती पनि अनलाईनमा दिन दिनै बढ्न थाल्यो ।

अध्ययन गर्नेहरुकालागि निकै प्रभावकारी मानीएको अनलाईन माद्यमबाट पछिल्लो समय बालबालिकामा दुब्र्यबहार पनि बढ्न थालेको छ । बालबालिकाहरु आपसमै अश्लिक सब्द बोल्ने, लेख्ने, तस्विर अदान प्रदान गर्ने तथा अन्य शिक्षकहरु तथा उमेर समुहले पनि बालबालिकाहरुमा त्यस प्रकारका म्यासेजहरु पठाउने क्रम बढेको बालबालिकालाई अनलाईनबाट यौन दुव्र्यबहारबाट सुरक्षीत राख्ने काम गर्दै आएको समाज सेवा र मानव अधिकारमा महिला यूवा ससक्तिकरण नेपालले जनाएको छ ।

सोमबार झापाको शिवसताक्षी नगरपालिका स्थित धरमपुरमा बालबालिकाहरुमा अनलाईन दुव्र्यबहार कसरी बढिरहेको र यसको निराकरण कसरी गर्न सकिन्छ भन्नेबारेमा गरिएको अन्तक्रिया कार्यक्रममा सस्थाकी अध्यक्ष भावना नेम्वाङले प्रष्ट पर्नु भयो ।

पछिल्लो समय बालबालिकाहरुको हात हातमा अनलाईनबाट चलाउने मोवाईल, आइप्याड जस्ता ग्याजेड्सहरु प्रसस्त छन् । तीनको प्रयोग गर्न समेत निकै सिपालु बनेका बालबालिकाहरुले अनलाईन माद्यमबाटनै आफुमा भएको दुव्र्यबहारको पत्तो समेत नपाउँदा जोखिम बढीरहेको सुनाउनु भयो ।
अनलाईनमार्फत विभिन्न प्रकारका गफ हुने र भेट्ने सम्मको परिस्थितीले विषेशगरि बालिकाहरु बलत्कृत हुने गरेको र बालकहरु अपहरणमा पनि पर्ने गरेको नेम्वाङले कार्यक्रम जानकारी गराउनु भयो ।

अनलाईनको प्रयोगले पारेको सकरात्मक प्रभावलाई मात्रै हेर्दा यसले निम्ताएका अन्य सामाजिक घटनाहरुले थप समस्या बढाइरहेको र यसबारेमा अभिभावक तथा सबै सरोकारवालाहरु सचेत हुनुपर्नेमा उहाँले जोड दिनु भएको थियो । आफुमा कसरी दुव्र्यबहार भयो भन्ने कुराको पहिचान समेत गर्न उनीहरुले नजान्दा समस्या थप जटिल बन्ने गरेको उहाँले सुनाउनु भयो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उप प्रमुख भोज कुमारी नेपालले नगरपाकिलाको न्यायीक समितीमा यस प्रकराका मुद्धाहरु आउने गरेको सुनाउनु भयो । तर यो साईवर अपराधसँग सम्बन्धीत भएकोेले न्यायीक समितीबाट विवान समाधान नहुनेभएपछि अदालत पठाउने गरेको नेपालले जानकारी दिनुभयो । तर नेपालमा साईवर अपराधसँग सम्बन्धीत कानुननै नभएका कारण दोशीलाई कार्वाहि गर्ने दायराको अभावले पीडतले उचीत न्यायन पाउन नसकेकोमा उहाँले चिन्ता व्यक्त गर्नु भयो ।

कार्यक्रममा शिवसताक्षी नगरपाकिलाका विभिन्न वडाका वडाध्यक्ष तथा अन्य जनप्रतिनिधी, नगरमा रहेका आमा समुह तथा केहि विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा

दमक नगरको बजेट : यी हुन ५ प्राथमिकता

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रममार्फत विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, वातावरण र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ। नगरपालिकाको

बाँदरबाट बाली जोगाउन मझुवागढी नगरपालिकाद्वारा बजेट विनियोजन

काठमाडौं,१० असार । किसानले लगाएको वाली भित्राउने वेला बाँदरले खाएर हैरानी पारे पछि खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट छुटाइएको

कार र मोटरसाइकल ठोक्किँदा वरिष्ठ सई यादवको मृत्यु

सुनसरी,१० असार । नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ भने उहाँकी पत्नी रामपरी यादव घाइते