पर्यटन ब्यवसायमा प्रभाव

रुस–युक्रेन बिचको युद्धको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन ब्यवसायमा

FILE - In this March 18, 2015 file photo, trekkers take an acclimatization hike to Nagarzhang peak above Dingboche valley on the way to Everest base camp, Nepal. Just when Nepal was recovering from the devastating earthquake that killed thousands, flattened hundreds of thousands of houses and chased away foreign tourists, protests by ethnic groups and severe fuel shortages are again keeping visitors away from the nation known for highest peaks in the world. The comeback that the damaged tourism industry had hoped would begin in October, normally the high season for visitors, has failed to materialize, in part because of protests and other troubles that began in August. (AP Photo/Tashi Sherpa, file)

काठमाण्डौं/  रुस र युक्रेनबीचको युद्धले नेपालको पर्यटन व्यवसायमा नराम्रो प्रभाव परेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

कोरोना महामारीको कडा प्रतिबन्धका बीच पनि सन् २०२१ मा नौ सय ९७ जना युक्रेनीले नेपालको भ्रमण गरे । सन् २०२१ मा रुसबाट दुई हजार एक सय सात जना पर्यटक नेपाल आएका थिए । सन् २०१९ मा रुसबाट १० हजारभन्दा धेरै पर्यटक आएका थिए । यो त रुस र युक्रेनको तथ्याङ्क मात्रै भयो । युद्धको प्रभाव युरोप हुँदै विश्वभर बढ्दै गएकोले नेपालमा आउने पर्यटकको सङ्ख्या धेरैले घट्न सक्छ । अहिलेकै अवस्थामा यस वर्षको वसन्त ऋतुमा पर्यटकको सङ्ख्या झन्डै २० प्रतिशतले घट्ने अनुमान गरिएको पर्यटन बोर्डका निर्देशक एवम् प्रवक्ता मणिराज लामिछाने बताउनुहुन्छ ।

कोरोना महामारीका कारण लामो समय घुम्न जान नपाएका पर्यटकहरू घुमफिरमा निस्कँदा यो वर्ष नेपालमा पर्यटकको सङ्ख्या धेरै बढ्ने व्यवसायीहरूको अनुमान थियो । पर्यटक बढ्ने पूर्वानुमान गर्दै व्यवसायीहरूले लगानी पनि बढाएका थिए । तर मुख्य सिजन सुरु हुँदै गर्दा रुस–युक्रेन युद्ध सुरु भएकोले व्यवसाय धरापमा परेको आरोहणमा प्रख्यात कम्पनी सेभेन समिट एक्सिपिडिशनका कार्यकारी निर्देशक मिङ्मार शेर्पा बताउनुहुन्छ । वसन्त ऋतुमा नेपाल आउनका लागि अग्रिम बुकिङ गरेका मध्ये युक्रेनका सबैजसोले यात्रा रद्द गरिसकेका र रुसीहरूले पनि रद्द गरिरहेको शेर्पाले भन्नुभयो ।

अर्थतन्त्र जोखिममा पर्दा पर्यटक घट्छन् । रुस–युक्रेन युद्धको कारण रुसी र युक्रेनी अर्थतन्त्र त समस्याग्रस्त भएकै छ । रुसमाथि पश्चिमा देशहरूले लगाएको प्रतिबन्धका कारण युरोपलगायत विश्वका धेरैजसो देशको अर्थतन्त्र सङ्कटमा पर्न थालेको छ ।

आर्थिक सङ्कटका कारण नेपालमा पर्यटकको सङ्ख्या घट्ने पर्यटन व्यवसायी एवम् नेपाल पर्वतारोहण सङ्घका द्वितीय उपाध्यक्ष माया शेर्पा बताउनुहुन्छ । अमेरिकी डलरको भाउ बढेकाले अमेरिकी डलर प्रयोग गर्ने देशबाहेकबाट यात्राका लागि देश छाड्न डलर साट्दा आफ्नो देशको बढी रकम खर्च गर्नुपर्छ । यस्तै कतिपय बहुराष्ट्रिय कम्पनीहरूले रुसमा उत्पादन बन्द गर्नुका साथै अरू क्षेत्रमा पनि उत्पादन घटाएका छन् । यसको असर कर्मचारीलगायत अर्थतन्त्रमा पर्छ । यी सबै कारण पर्यटकको सङ्ख्या घट्छ ।

युद्ध बढ्दै जाँदा रोजगारी गुम्ने, मूल्य वृद्धि हुने लगायतका कारण मानिस घुमघामका लागि कम निस्कने पर्यटन व्यवसायीहरू बताउँछन् । यस्तै विभिन्न देशले रुसमाथि तथा रुसले अरूमाथि लगाएका उडान प्रतिबन्धका कारण कतिपय उडानहरू घुमाउरो हुनुको साथै टिकम मूल्य धेरै बढेकाले पनि पर्यटकको सङ्ख्या घटेको हो । नेपालको पर्वतीय पर्यटनमा गुणस्तरीय पर्यटक आउने युरोप, रुस र अमेरिकी देशमा देखिएको समस्याका कारण नेपालमा पनि असर बढेको पर्यटन बोर्डका निर्देशक लामिछाने बताउनुहुन्छ ।

अहिलेसम्म त अमेरिका तथा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले अहिल्यै रुसविरुद्ध सेना परिचालनको निर्णय गरेकाे छैन । तर युद्ध लम्बिँदै गएमा यो त्यहाँमात्र सीमित नरहन सक्छ । त्यसैले अवस्था जुनसुकै बेला जटिलतातर्फ जान सक्ने भएकाले यस्तो बेला यात्रा गर्नुलाई धेरैले जोखिम मान्छन् । यसैले यस वर्षको वसन्त ऋतु मात्रै हैन अरू दुई–तीन वर्ष नेपालमा पर्यटकको सङ्ख्या घट्न सक्ने व्यवसायी मिङ्मार शेर्पा बताउनुहुन्छ ।

रुस–युक्रेन युद्धको प्रभावले पर्वतीय पर्यटकको सङ्ख्या घट्दा पर्यटन व्यवसायसँगै नेपालको समग्र अर्थतन्त्रमै असर गर्छ । युरोप र अमेरिकी पर्यटकको विकल्पमा छिमेकी देश भारत र चीनबाट बढी पर्यटक भित्र्याउने पहल उपयुक्त हुन्छ तर पर्यटकीय सिजन सुरु भइसकेकाले यही वर्ष त्यो सम्भावना कम रहेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउनुहुन्छ ।

युद्धको प्रभाव आउँदो सिजनमात्रै नभएर अरू केही वर्ष रहन सक्ने भएकाले पर्वतीय पर्यटनमा रुस, युरोप र अमेरिकी पर्यटकको विकल्पका रूपमा सरकारले पहल गर्नुपर्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर