दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक कोरियन नागरिक पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-७ लाहुरेटोल चावहिल बस्ने दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई काठमाडौं महांकालबाट सोमवार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चावहिलस्थित ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भन्दै वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाइदिन्छु भनेर रकम ठगी गरेको जाहेरीपछि उनलाई पक्राउ गरिएको हो ।
पीडितले ती व्यक्तिले रकम लिएर कोरिया नपठाई ठगी गरेको जाहेरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ठगीसम्बन्धी कसूरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ ।