दमक/
मोफलसलकै सर्वाधिक पुरस्कार राशी भएको दमक गोल्ड कपको दोस्रो सस्करण हुने भएको छ । प्रथम पुरस्कार नगद १३ लाख ११ हजार पुरस्कार राशी भएको दमक गोल्ड कप २०७८ चैत्र ९ गते देखी १८ गते सम्म हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
प्रतियोगीताको द्धितिय हुने टिमले ६ लाख ११ हजार, प्राप्त गर्ने छ भने विभिन्न विधागत विजेता तथा उत्कृष्ट खेलाडीलाई पनि २१ हजार माथीको पुरस्कारको व्यवस्था गरिएको छ ।
दमक नगरपालिकाको खेलकुद विकास समिती मुख्य आयोजक रहेर गोल्ड कप गराउन लागेको हो । प्रतियोगीतामा भारत र अफ्रिका सहित नेपालका राष्ट्रिय स्तरका क्लवहरुको सहभागीता रहने छन् ।
दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रङ्गाशालामा हुने प्रतियोगीतामा आयोजक दमक ११ सहित १० टिम सहभागी हुने छन् ।
प्रतियोगीतामा मछिन्द्र क्लव काठमाडौ, नेपाल पुलिस क्लव काठमाडौ, त्रिभूवन आर्मी क्लव काठमाडौ, मनाङ मर्याङदी क्लव काठमाडौ, फ्रेण्ड्स क्लव काठमाडौ, एमिमियर फुटबल क्लव क्यामरुङ अफ्रिका, मानेभञ्ज्याङ फूटबल क्वल दार्जिलिङ भारत, दुर्गापुर स्टिल क्लव कलकत्ता भारत , बागमती यूवा फूटबल क्लव सर्लाहि ,र आयोजक दमक ११ प्रतियोगीतामा सहभागी हुने छन् ।
प्रतियोगीता सम्पन्न गर्नकालागि १ करोड २३ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको दमक नगर खेलकुद विकास समितीका अध्यक्ष भीम बहादुर केसिले जानकारी दिनुभयो । यस मध्येबाट २५ लाख रुपैँया दमक नगरपालिकाले बिहोर्ने र बाँकी रकम प्रयोजक, सह- प्रायोजक र गेट टिकट बिक्रिबाट संकलन गर्ने लक्ष्य राखीएको छ ।
प्रतियोगीता सम्पन्न गर्दा रकम बचत भयो भने खलकुद क्षेत्रको प्रर्वधन गर्न खर्च गरिने पनि पत्रकार सम्मेलनमा जनाइएको छ ।
२०७५ सालमा सम्पन्न प्रथम दमक गोल्ड कपबाट २३ लाख ७८ हजार रुपैँया बचत गरेको जानकारी गराउँदै त्यहि कोष र नगरपालिकासँगको सहकार्यमा दमकमा विभिन्न खेलकुदका प्रतियोगीता सञ्चालन गरिरहेको पनि समिती अध्यक्ष केसीले जानकारी दिनुभयो ।
आयोजक दमक ११ को टिममा सहभागी खेलाडीहरुपनि अधिकांस दमकबाट नै उत्पादन भएको र बाहिरबाट खरिद गरिएका खेलाडी निकै कम हुने पनि बताइएको छ ।
स्थानीय स्तरमा प्रतियोगीता गराएर छनौट भएका खेलाडीलाई राष्ट्रिय खेलाडीसँग खेलाउने अवसर उपलब्ध गराउनु प्रतियोगीता जित्न चुनौती भएपनि खेलाडीको मनोवल बढाउन भने महत्वपूणर् हुने आयोजकको भनाई छ ।
खेल मैदान पूर्व पश्चिम राजमार्गबाट करिव ७ किलोमिटर उत्तरमा पर्ने भएकोले कुनै निश्चित स्थानमा खेल हेर्न जानेका लागि बस वा अन्य कुनै सवारी साधनको व्यवस्था पनि गरिने जनाइएको छ ।
भिडियो