दमक गोल्ड कप हुने

दमक गोल्ड कप चैत्र ९ गते देखी, प्रथम पुरस्कार १३ लाख ११ हजार, ३ वटा विदेशी टिमपनि सहभागी हुने (भिडियो)

दमक/
मोफलसलकै सर्वाधिक पुरस्कार राशी भएको दमक गोल्ड कपको दोस्रो सस्करण हुने भएको छ । प्रथम पुरस्कार नगद १३ लाख ११ हजार पुरस्कार राशी भएको दमक गोल्ड कप २०७८ चैत्र ९ गते देखी १८ गते सम्म हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
प्रतियोगीताको द्धितिय हुने टिमले ६ लाख ११ हजार, प्राप्त गर्ने छ भने विभिन्न विधागत विजेता तथा उत्कृष्ट खेलाडीलाई पनि २१ हजार माथीको पुरस्कारको व्यवस्था गरिएको छ ।

दमक नगरपालिकाको खेलकुद विकास समिती मुख्य आयोजक रहेर गोल्ड कप गराउन लागेको हो । प्रतियोगीतामा भारत र अफ्रिका सहित नेपालका राष्ट्रिय स्तरका क्लवहरुको सहभागीता रहने छन् ।

दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रङ्गाशालामा हुने प्रतियोगीतामा आयोजक दमक ११ सहित १० टिम सहभागी हुने छन् ।

प्रतियोगीतामा मछिन्द्र क्लव काठमाडौ, नेपाल पुलिस क्लव काठमाडौ, त्रिभूवन आर्मी क्लव काठमाडौ, मनाङ मर्याङदी क्लव काठमाडौ, फ्रेण्ड्स क्लव काठमाडौ, एमिमियर फुटबल क्लव क्यामरुङ अफ्रिका, मानेभञ्ज्याङ फूटबल क्वल दार्जिलिङ भारत, दुर्गापुर स्टिल क्लव कलकत्ता भारत , बागमती यूवा फूटबल क्लव सर्लाहि ,र आयोजक दमक ११ प्रतियोगीतामा सहभागी हुने छन् ।

प्रतियोगीता सम्पन्न गर्नकालागि १ करोड २३ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको दमक नगर खेलकुद विकास समितीका अध्यक्ष भीम बहादुर केसिले जानकारी दिनुभयो । यस मध्येबाट २५ लाख रुपैँया दमक नगरपालिकाले बिहोर्ने र बाँकी रकम प्रयोजक, सह- प्रायोजक र गेट टिकट बिक्रिबाट संकलन गर्ने लक्ष्य राखीएको छ ।

प्रतियोगीता सम्पन्न गर्दा रकम बचत भयो भने खलकुद क्षेत्रको प्रर्वधन गर्न खर्च गरिने पनि पत्रकार सम्मेलनमा जनाइएको छ ।
२०७५ सालमा सम्पन्न प्रथम दमक गोल्ड कपबाट २३ लाख ७८ हजार रुपैँया बचत गरेको जानकारी गराउँदै त्यहि कोष र नगरपालिकासँगको सहकार्यमा दमकमा विभिन्न खेलकुदका प्रतियोगीता सञ्चालन गरिरहेको पनि समिती अध्यक्ष केसीले जानकारी दिनुभयो ।
आयोजक दमक ११ को टिममा सहभागी खेलाडीहरुपनि अधिकांस दमकबाट नै उत्पादन भएको र बाहिरबाट खरिद गरिएका खेलाडी निकै कम हुने पनि बताइएको छ ।

स्थानीय स्तरमा प्रतियोगीता गराएर छनौट भएका खेलाडीलाई राष्ट्रिय खेलाडीसँग खेलाउने अवसर उपलब्ध गराउनु प्रतियोगीता जित्न चुनौती भएपनि खेलाडीको मनोवल बढाउन भने महत्वपूणर् हुने आयोजकको भनाई छ ।

खेल मैदान पूर्व पश्चिम राजमार्गबाट करिव ७ किलोमिटर उत्तरमा पर्ने भएकोले कुनै निश्चित स्थानमा खेल हेर्न जानेका लागि बस वा अन्य कुनै सवारी साधनको व्यवस्था पनि गरिने जनाइएको छ ।

भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा