अखिल नेपाल महिला संघ

महिलाको समान अधिकार र सहभागीताको बिषयलाई एमालेले नै अघि बढाएको ओलीले दावी

hhhhhhhhhhhhhhhh

काठमाण्डौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने बताउनुभएको छ ।

मंगलबार काठमाण्डौंमा अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई निर्वाचनमा कसैको साहारा आवश्यक नपर्ने र एक्लैलै ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित हासिल गर्ने बताउनुभएको हो । त्यस्तै ओलीले कम्युनिष्ट नाम राख्दैमा बास्तविक कम्युनिष्ट हुन नसक्ने भन्दै बास्तविक कम्युनिष्ट हुन बिचारमा स्पष्ट हुनुपर्ने जिकिर गर्नुभयो ।

उहाले केहि बुद्धिजिवीले कम्युनिस्टहरु नमिले समाप्त हुने भनेकोमा आपत्ति जनाउदै कम्युनिस्ट एकता बेकारको कुरा भएको तर्क गर्नुभयो । ताजा जनादेशमा जाने कुरालाई प्रतिगमन भन्दै केही स्वार्थी तत्वहरु लागेको र उनीहरु अहिले पतन भएको ओलीको भनाई छ । एमाले अध्यक्ष ओलीले सत्तागठबन्धनलाई कम्युनिष्ट विरोधी शक्तिको संज्ञा दिँदै परमादेशी र जनादेशी शक्तिबीच लडाई भइरहेको धारणा राख्नुभयो ।

उहाँले वर्तमान सरकारका कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको भन्दै यसका परिवर्तन अपरिहार्य रहेको बताउनुभयो । उहाँले हाल उपाध्यक्ष र उपमेयरको भूमिका रहेका महिलालाई अध्यक्ष वा मेयर बनाउन आफु सकारात्म रहेको तर यस बिषयमा अस्वस्थ अभियान नचलाउन सुझाव पनि दिनुभयो ।

ओलीले महिलाको समान अधिकार र सहभागीताको बिषयलाई एमालेले नै अघि बढाएको दावी गर्नुभयो । सवै तहमा महिलाको ३३ प्रतिशतको अवधारणा पनि महिला संघले नै ल्याएको उहाँको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन